भारतिय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । कोरोना संक्रमणपछि उपचाररत मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको हो ।
मुखर्जीमा कोरोना संक्रमण पुष्टी भएपछि उनलाई उपचारका लागि नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा केही दिन अघि कोमामा गएका उनको अन्तत निधन भएको छ ।
उनको मृत्युको खबर उनका छोरा अभिजित मुखर्जीले सार्वजनिक गरेका थिए । अभिजितले आफ्नो ट्वीटरमा ’भारी मनका साथ यो जानकारी गराउदैँछु, आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतभरका मानिसहरूको प्रार्थनाका बावजुद् हाम्रा बुबा प्रणव मुखर्जी अहिले भर्खरै बित्नुभएको छ भनेर पोष्ट गरेसंगै उनको निधनको खबर बाहिरिएको थियो ।
मनमोहन सिंह प्रधानमन्त्री हुँदा अर्थमन्त्री रहेका मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति रहेका थिए । उनि भारत रत्नबाट विभुषित ब्यक्ती हुन् । उनको निधनप्रति भरितय नेता, जनता देखी कला संवद्ध चर्चित ब्यक्तीहरुले दुख ब्यक्त गरेका छन् ।
प्रतिक्रिया