वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना संक्रमण भएको छ । सनिबार दिईएको स्वावको रिपोर्टमा डा. रिजाल र उनकी पत्नी सरला रिजाललाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
कोरोना पोजेटिभ देखिएपछि डा रिजाल दम्पत्ती काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आईसोलेसनमा भर्ना भएका छन् । संक्रमणको अबधीभर फ्रन्टलाइनमा बसेर बिरामीको उपचार गर्दै आएका डा. रिजालले चिकित्सकलाई हुने संक्रमण नौलो नभएको बताउँदै कोरोना जितेर फर्कर्ने बिश्वास ब्यक्त गरेका छन् ।
ओम अस्पतालका संस्थापक डा. रिजाल गीत लेखन र गायनमा पनि उतिकै सकृय छन्। उनले गाएको मेरो पौवा पाटीलाई मेरो गाउँले साथीलाई गीत निकै चर्चित स्वदेश गान हो भने मेरो देश डुब्नै लाग्यो, हेर आज सगरमाथा रोइरहेछ,, जेनतेन, मेरो मनमा आगो लगायतका दर्जनौं गीत उनले रचना गरेका गीतहरु हुन् ।
प्रतिक्रिया