US Khabar

आफ्नै शब्द-संगीतमा गायक सरोज साजन श्रेष्ठको ‘माया नयनी ताल’ सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

आफ्नै शब्द-संगीतमा गायक सरोज साजन श्रेष्ठको ‘माया नयनी ताल’ सार्वजनिक (भिडियो)

गायक सरोज साजन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । गायक श्रेष्ठ स्वयंको शब्द र संगीत रहेको माया नयनी ताल बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो ।

शान शाक्यको संगीत संयोजन रहेको यस गीतमा युवा मनको चन्चलता र माया प्रेमको भाव अभिब्यक्त रहेको छ । दियो ब्याङक्विट धुम्बाराही र गोदावारी रिसोर्टमा छायांकन गरिएको यस गीतको भिडियोमा सुधिर श्रेष्ठ, सुशील रेग्मी रियाशा दाहाल र अनामिका बरकोटीको अभिनय रहेको छ ।

अष्ट्रेलिया स्थित लाली गुराँस ग्रोसरी स्टोरको सहयोगमा निर्मित भिडियोलाई बिधान कार्कीले निर्देशन गरेका हुन् भने छायांकन उत्सव दाहालको रहेको छ । सुरेन्द्र बसेल कोरियोग्राफर रहेको माया नयनी तालको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका हुन् ।

गायक श्रेष्ठका यस अघि मायालुको देश, पापिनीले, रमाईलो फलेवास लगायतका गीतहरु सार्वजनिक छन् ।

यूएस मिडिया नेटवर्कको प्रस्तुती हेर्नुहोस् ‘भुरभुर पुतली’

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">