नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसंगै संक्रमित मृतकको संख्या २२८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मृत्यु हुनेहरुमा महोत्तरीकी ४ बर्षिय बालिका, रौतहटका ४० वर्षीय पुरुष, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिला, भक्तपुरका ७७ वर्षीय चितवनका ७८ वर्षीय वृद्ध र झापाका ८६ वर्षीय पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमध्य काठमाडौं उपत्यकामा मात्रै २९८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
प्रतिक्रिया