अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई अमेरिकी सहयोग रोक्ने चेतावनी दिएका छन् । कोरोना भाईरसका कारण ठुलो संख्यामा अमेरिकी नागरिकको मृत्यु भएपछि आक्रोसित ट्रम्पले डब्लूएचओले आफूलाई गलत सूचना दिएको भन्दै अमेरिकी सहयोग रोक्ने चेतावनी दिएका हुन् ।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको प्रेस ब्रिफिङ्गमा ट्रम्पले डब्लुएचओले अमेरिकालाई गलत सुचना दिनुका साथै डब्लुएचओका अधिकारीहरुले चीनको पक्षमा काम गरेको बताउँदै उनले भने ‘डब्लुएचओका लागि दिँदै आएको रकम रोक्ने तयारीमा छौँ । हामी अति प्रभावकारी रुपमा सहयोग रोक्का गर्दै छौँ ।’
आक्रोशित ट्रम्पले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि डब्लूएचओले कमजोर प्रयास गरेको भन्दै डब्लूएचओका अधिकारीहरुले कोरोनाको विषयलाई खराब तरिकाले ह्याण्डल गरेकाले नै अमेरिकामा कोरोना भाइरसको महामारी फैलिएको आक्षेप लगाएका छन् ।
प्रतिक्रिया