कोरोना संक्रमितको संख्या बढ््दै गएपछि लामो दूरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द हुने भएका छन् । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सो निर्णय गरेको हो ।
गत चैत ११ गतेबाट सरकारले देश ब्यापी रुपमा लकडाउन लागु गरेपछि आज सम्म लामो दुरीका यातायात तथा हवाई उडान संचालन हुन सकेका छैनन् । यस बिचमा केही समय जिल्ला र उपत्यकामा सार्वजनिक यातायात संचालन गरेको भएपनि अहिले पुन यि सबै सेवा बन्द गरिएको छ । संक्रमणको जोखिम बढ्दै गएपछि यतिबेला देशका धेरै जिल्लामा निशेधाज्ञा जारी गरेको छ ।
।
प्रतिक्रिया