बिगत ६ बर्षदेखी निरन्तर आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’को सातौं संस्करण अन्तरगत अवार्ड बिजेताहरुको नाम घोषणा भएको छ । केही साता अघि सार्वजनिक भएको उत्कृष्ट ५ मनोनयनबाट आज (आईतबार) सर्वोत्कृष्ट अर्थात अवार्ड बिजेताको नाम घोषणा गरिएको हो ।
नेपाली मौलिक पर्व तिजको अवसर पारेर आयोजना हुँदै आएको यस अवार्ड २०७७ सालका लागि बिभिन्न बिधा अन्तरगतमा रहेर यस बर्ष पनि आयोजना गरिएको हो । बिगतका बर्षहरुमा तिजको केही दिन अघि आयोजना हुने गरेको छायाँछवि तिज गीत अवार्ड यो बर्ष भने कोभिड-१९ का कारण कलाकर्मीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी केही दिन पर सरेको छ ।
बिभिन्न ३३ बिधामा प्रदान गर्न लागिएको यस बर्षको अवार्ड समारोहमा वरिष्ठ गायिका देविका बन्दनालाई तीज संगीत स्रष्टा सम्मान –०७७बाट सम्मानित गरिने भएको छ भने छायाँछवि नारी रंग पत्रकारिता पुरस्कार रंग पत्रकार राधिका अधिकारीलाई प्रदान गरिने भएको छ ।
अवार्डमा उत्कृष्ट तीज गीत एरेञ्जर, उत्कृष्ट तीज गीत मिक्सिङ, उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक, उत्कृष्ट तीज दोहोरी गीत कम्पनी, उत्कृष्ट तीज गीत मौलिक शब्द, उत्कृष्ट तीज गीत गायिका, उत्कृष्ट तीज गीत लय, तीज गीत युगल मोडल ९मौलिक० उत्कृष्ट तीज गीत छायांकार, उत्कृष्ट मोफसल तीज गीत लगायतका बिधाहरु समावेश रहेका थिए ।
तिज पर्व र यसै पर्व अन्तरगतको छायाँछवि तीज गीत म्युजिक अवार्डले संगीतकर्मी र कलाकर्मीले कोरोना कहर र संन्त्रासका बिचमै पनि आफ्ना गीतहरु रेकर्ड गराएर तथा भिडियो निर्माण गरेर यस पर्वको महत्वमाथी आ-आफ्नो तरिकाले योगदान पुर्याएकाले पनि हौसला र योगदानको कदर स्वरुप अवार्ड रोक्न नहुने महशुष गरेर सबैको स्वस्थ्य सुरक्षाको ख्याल गर्दै पहिले सर्बोत्कृट घोषणा र कोराना कहरको अवस्था केही सामान्य भएपछि अवार्ड बितरण गरि २ चरणमा यस बर्षको अर्वाड सम्पन्न गर्ने निर्णय गरेको हो ।
कुन बिधाका लागि कसले प्राप्त गरे अवार्ड
१. उत्कृष्ट तीज गीत एरेञ्जर
मनोज राजभण्डारी ः ढाकाको चोलीमा
२. उत्कृष्ट तीज गीत मिक्सिङ
भोला पौडेल ः आयो तीज
३. उत्कृष्ट तीज गीत दोहोरी नव–गायन
आयुषा गौतम ः विधुवा…
४. उत्कृष्ट तीज गीत नव गायिका
सरीता भारती ः रातो सारी लरक्कै
५. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
मिलन विश्वकर्मा ः बरी लै माइतीको आगन
६. उत्कृष्ट तीज गीत सम्पादक
विरेन्द्र भाट विपिन ः सम्झायो माइतिघर
७. उत्कृष्ट तीज दोहोरी गीत छायांकार
मुकेश हुमागाई ः रातो रातो सारी
८. उत्कृष्ट तीज गीत छायांकार
अजय रेग्मी ः चट्टै माया फरर
९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
रोविन पोखरेल ः रातो रातो सारी
१०. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
दीपाशा विसी ः बुहारी –३
११. उत्कृष्ट तीज गीत मोडल
नन्दा बस्याल ः हाम्री संगीनी
१२. उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक
मानसिंह खड्का ः बुहारी –३
१३. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
सुरेन्द्र बसेल ः सुरक्षित तीज
१४. उत्कृष्ट तीज गीत भिडियो निर्देशक
राजकुमार मगर ः बुट्टा भरेको
१५. युगल तीज गीत
सुजाता केसी÷रोजी श्रेष्ठ ः सलहका बगाल
१६. तीज गीत युगल मोडल (मौलिक)
नितु कोइराला÷शुशीला थापा ः नाचौं न नाचौ न
१७. उत्कृष्ट तीज दोहोरी गीत कम्पनी
राजकुमार फिल्म्स ः सैना
१८. उत्कृष्ट तीज गीत कम्पनी
एस थ्रि के इन्टरटेनमेन्ट ः चेलीको बेदना
१९. उत्कृष्ट तीज दोहोरी गीत शब्द
लोकराज अधिकारी ः आयो तीज
२०. उत्कृष्ट तीज गीत शब्द
दयाराम पाण्डेय ः सुरक्षित तीज
२१. उत्कृष्ट तीज गीत मौलिक शब्द
शुष्मा देवकोटा ः भेल्वेटको चोली
२२. उत्कृष्ट तीज दोहोरी गीत लय
हेम श्रेष्ठ ः नाच्न आकी छु
२३. उत्कृष्ट तीज गीत लय
योगेश काजी ः बजाउँदै चुरा
२४. उत्कृष्ट तीज दोहोरी गीत गायक
सुर्य खड्का ः सलह किराले
२५. उत्कृष्ट तीज दोहोरी गीत गायिका
टीका सानु ः बुहारी –३
२६. उत्कृष्ट तीज गीत गायिका
मञ्जु थापा ः यसपाली तीजैमा
२७. उत्कृष्ट तीज गीत मौलिक गायिका
कला लम्साल ः पातली–२, ऐना हेरी हेरी
२८. उत्कृष्ट तीज मौलिक गीत
अनिता चलाउने ः यस्तो बनोस् मेरो तीज
२९. जुरी अवार्ड
सञ्जु लम्साल (तीज गीत गायिका ) ः हाम्री संगीनी
शुशिला थापा ( मोडल) ः सलहका बगाल
सूर्य चन्द ( निर्देशक) ः छम छम बजाउदै चुरा
३०. पब्लिक च्वाईस अवार्ड
भिडीयो निर्देशक – देवेन्द्र कुवर ः विधुवा
तीज दोहोरी गायीका – सिर्जना खत्री हाउडेमाया ः छड्के तीलहरी
३१. इनकरेजमेन्ट अवार्ड
तीज दोहोरी गीत गायक – कमल बिसी ः लुती (साडी सुतीको)
३२. सामाजिक सन्देश गीत
गरीमा ज्ञवाली ः सुरक्षित तीज
३३. उत्कृष्ट मोफसल तीज गीत
कोरोना र लकडाउन ः श्रीनगर फिल्म्स
प्रतिक्रिया