US Khabar

अस्मिता र र्हकुलसको सांगितीक प्रस्तुतीमा फोटवर्थमा दशै फेस्ट आयोजना हुदैँ

- USKHABAR | २ महिना पहिले प्रकाशित

अस्मिता र र्हकुलसको सांगितीक प्रस्तुतीमा फोटवर्थमा दशै फेस्ट आयोजना हुदैँ

टेक्ससको फोटवर्थमा दशैको अवसरमा दशै फेस्ट आयोजना हुने भएको छ । अक्टोवर २१ मा टेक्ससको फोटवर्थको नकवाउट स्पोर्टस् बारमा दशै फेस्ट आयोजना हुन लागेको हो ।

नमस्ते इन्टरटेनमेन्ट र हिमालीफाईको संयुक्त आयोजनामा फेस्ट आयोजना गरिएको हो । कार्यक्रममा सांगितीक प्रस्तुतीका लागी चर्चित गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेत टेक्सस आउने कार्यक्रम रहेको आयोजक नमस्ते इन्टरटेनमेन्टका प्रमुख कुमार बुढाथोकीले जानकारी दिएका छन् । गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतको यसै समय युएस सांगितीक यात्रा रहेको छ।

कार्यक्रम रुटिन अफ नेपाल बन्द फाउन्डेसन (आरओएनबी)को सहयोगका लागी आयोजना गरिएको हो । टेक्ससमा रेस्टुरेन्ट ब्यवसायमा सफल समूह नमस्ते ग्रिल एण्ड बारको सक्रियतामा नेपालीको महान चाड दशैको अवसरमा टेक्ससमा बस्ने बिशेष गरि डालसफोटवर्थका सबै नेपालीलाई मनोरन्जन दिन कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ ।

नमस्ते ग्रिल एण्ड बारको हाल अर्भिगं र फोटवर्थ गरि २ वटा आउटलेटले सेवा दिइरहेको छ । सोहि ब्यवसायीक समुहले निकट भबिस्यमा नै अन्य आउटलेटको तयारी गरिरहेको छ भने केहि दिनमा नै अलिबाबा हुक्का बार अभिंगमा सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">