कुरान जलाएको विरोधमा युरोपेली मुलुक स्वीडेनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । गत शुक्रबार स्वीडेनको धुर दक्षिणपन्थी पार्टीका नेता रासमुस पालुदनको नेतृत्वमा प्रवासन नीतिको विरोधमा आयोजित र्यालीमा कुरान जलाईएपछि सुरु भएको बिरोध प्रदर्शन उग्र बन्दै गएपछि प्रहरी र प्रदर्शनबिच झडप भएको हो ।
प्रदर्शनकरीहरुले निजी तथा सरकारी सवारी साधन लगायत कतिपय सरकारी भवनहरुमा समेत तोडफोड तथा आगजनी गर्दै आएको यस बिरोध प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा झडप भएको हो । झडपमा बाक्लो संख्यामा प्रदर्शनकारी घाइते भएका छन् भने सय भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया