एलन मस्कले के सोच्छन्, के गर्न सोच्छन् सामान्य मानिसले कल्पना समेत गर्न सक्दैनन् । हुन त उनले के सोच्छन् भन्ने कुरा सबैका लागी कल्पना बाहिरको कुरा नै हो । त्यसैले पनि हो उनले आफैलाई एलियन भन्ने गरेका छन् । एलिन छन् वा छैनन् त्यो त मलाई थाहा भएन तर एलिन मै हो भनेर उनले आफुलाई परिभाषित गरेका छन् । संसारका अहिलेका चर्चित प्रतिभाशाली व्यक्तिहरूको नाम लिनुप¥यो भने सायद एलन मस्कको नाम अगाडि आउँछ । एलन मस्क एक भौतिकशास्त्री, इन्जिनियर, अर्थशास्त्री र उद्यमी हुन् । वैज्ञानिक भएकै कारण विकसित प्रविधिबारे उनी राम्रो जानकारी राख्छन् । आफैँ अन्वेषण पनि गर्न सक्ने तथा अन्य प्रतिभाशाली व्यक्तिहरूलाई लिएर काम गर्न सक्ने भएकाले प्रविधिको प्रयोग गरेर धनी बन्नेमध्ये उनी अगाडि आएका हुन् ।
यसबारे सबैभन्दा ताजा उदाहरण ट्विटरको नाम र लोगो परिवर्तनपछि थाहा पाउन सकिन्छ । संसारकै लोकप्रिय सामाजिक सञ्जाललाई उनले खरिद मात्र गरेनन् चाहेको कुरा परिवर्तन समेत गरे । ट्विटर त्यहि सञ्जाल थियो कुनै समय उनलाई ट्विटरमा केहि लेख्न समेत बन्देज थियो । त्यहि सञ्जाललाई उनले अहिले आफु खुसी परिवर्तन गरेका छन् ।
अव ट्विटरबाट नाम परिवर्तन भएर एक्स बनेको सामाजिक सञ्जालमा समाचार सेयर गर्दा शीर्षक नदेखिने भएको छ। द गार्डियनका अनुसार एक्सका मालिक एलन मस्कले बुधबारदेखि सञ्चारमाध्यमहरूले आफ्नो अकाउन्टमा पोष्ट गरेका समाचार लिंकमा शीर्षक नदेखिने बनाएका हुन्। एक्सको स्वरूपलाई आकर्षक बनाउन शीर्षक नदेखाएर तस्बिरमात्र देखिने गरी अल्गोरिदम सेट गरिएको मस्कले बताएका छन्। अब समाचार सेयर गर्दा त्यसमा प्रयोग भएको तस्बिर देखिने छ र उक्त तस्बिरमा क्लिक गर्दा समाचार खुल्नेछ।
संसारभरि लोकप्रिय रहेको सामाजिक सञ्जाल ट्विटर अघिल्लो वर्ष भारी रकम लगानी गरेर उनले माइक्रो ब्लगिङ साइट किनेका थिए । त्यसपछि उनले उक्त प्लेटफर्ममा धेरै परिवर्तन गरे तर गत सोमबार अर्थात् ८ साउनमा उनले यसको नाम पनि फेरेर एक्स राखेका थिए । नामसँगै ट्विटरको लोगो पनि परिवर्तन गरेका थिए् ।
एक्स नाम प्रति किन यति पागल छन् एलोन, आज हामि यस बारेमा चर्चा गर्ने छौँ
एक्स अक्षरप्रति उनको प्रेम २३ वर्ष पुरानो हो । टेस्ला र स्पेस एक्स भन्दा धेरै अगाडि, मस्कले सन् १९९९ मा ‘एक्स डट कम’ नामबाट अनलाइन बैङ्क दर्ता गराएका थिए । तर, मस्कले यो बैङ्क लामो समयसम्म चलाउन सकेनन् र २ वर्षमै यो अर्को कम्पनीमा विलय भयो । मस्कलाई एक्स डट कमको सिइओ पदबाट पनि हटाइयो । मर्जरपछि सन् २००१ मा दुवै कम्पनीलाई मिलाएर नयाँ भुक्तानी कम्पनी गठन भएको थियो, जसलाई आज हामी ‘पेपाल’ भनेर चिन्छौँ । मस्क कम्पनीको हिस्सा नभएपनि एक्स प्रति उनको प्रेम यथावत् रह्यो । १६ वर्षपछि उनले सन् २०१७ मा ‘पेपाल’ बाट ‘एक्स डट कम’ खरिद गरे । डिलपछि मस्कले ट्विट गरेर भनेका थिए, ‘भलै आज यो डोमेन ९एक्स डट कम० का लागि कुनै योजना छैन तर मेरा लागि यसको भावनात्मक मूल्य अत्यधिक छ ।’
टेस्लाको सबैभन्दा लोकप्रिय एसयुभी सन् २०१५ मा लन्च भएको थियो । यसको नाम मोडल एक्स राखियो । नामबाहेक मोडल एक्समा थुप्रै विशेषता पनि थिए । यो मोडल एसयुभी सेगमेन्टमा पाँच तारे सेफ्टी रेटिङ पाउने पहिलो कार थियो । यस्तै मस्कले कम्पनी ‘स्पेस एक्स’ पनि छ । स्पेस एक्सले अन्तरिक्षमा रकेट र स्पेसक्राफ्ट पठाउने काम गर्छन् । स्पेसएक्स अन्तरिक्षमा यान पठाउने पहिलो कम्पनी हो ।कम्पनीका साथै ‘एक्स’ नामका लागि मस्कको प्रेम निजी जीवनमा पनि देखिन्छ । मस्क क्यानेडेली गायिका ग्राइम्सबाट जन्मिएको आफ्नो सन्तानलाई ‘एक्स’ भनेर नै बोलाउँछन् ।यद्यपि, मस्कलाई एक्ससँग यति प्रेम किन छ भनेर सिधा जवाफ छैन । मस्कका अनुसार उनलाई यो प्रेमको कारण थाहा छैन तर एक्स हरेक स्टाइलमा मिल्छ । सायद त्यसैले उनले ठुलो लगानी गरेर किनेको कम्पनीको नाम पनि एक्स राख्न चाहेका हुन् ।
प्रतिक्रिया