बझाङमा गत मंगलबार गएको ६।३ म्याग्नीच्युडको भूकम्प र त्यसपछिका लगातारका परकम्पबाट दजनधनको क्षतिको छ । बझाङको तलकोट गाउँपालिका आसपास केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटको समयमा पालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको पहिलो भूकम्प गएको थियो। यहि बारेमा स्थलगत रूपमै बुझ्न यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापती रबि लामिछाने बझाङमा पुगेका छन् । लामिछानेले भूकम्प प्रभावितका लागि लगेका टेन्ट लगायतका सामग्री बझाङ प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए ।
सामाजिक संजालमा स्टाटस लेख्दै उनले भूकम्प प्रभावित बझाङका कैयौं परिवार अस्थायी आवासमा रहेको र तिनको उचित व्यवस्थापनमा स्थानीय सरकार र प्रशासनले सक्दो प्रयास गरेका भएपनि त्यो मात्र प्रयाप्त नभएको उल्लेख गरेका थिए । उनले दुःखमा पनि हाँसेर स्वागत गर्नु हुने बझाङवासीहरु भगवान जस्ता रहेछन् भन्दै त्यहाँको दुःख केन्द्रसम्म लैजाने इमानदार कोशिस गर्ने बाचा समेत गरेका थिए । उनी अहिले भूकम्प प्रभावित बझाङको जयपुथ्वी नगरपालिका पुगेका छन् ्। बुधबार राति जयपृथ्वी पुगेका उनले राति नै भूकम्प प्रभावितहरूलाई राखिएको कभर्डहल अवलोकन गरेका छन्। उनले बझाङमा अझै केन्द्र सरकारको ध्यान नपुगेको बताएका छन्। प्रभावितहरू राहत र पुनःस्थापनाको पर्खाइमा रहेकाले सरकारले आवश्यक निर्णय गर्न ढिलाइ गर्न नहुने पनि बताएका छन् ।
‘स्लुक–कलेज, स्वास्थ्य संस्था र प्रहरी चौकीसमेत चर्किएकोले सीमित स्रोत र साधनका कारण राहत र उद्धारमा कठिनाइ भइरहेको समेत उनले बताएका छन् । सभापति लामिछानेले प्रहरीसँग सवारी साधन र विपद् उद्धारका लागि चाहिने बन्दोवस्तीका सामग्रीहरू पनि नभएको पनि बताएका छन् ।
भूकम्प गएको भोलिपल्ट नै उनी बझाङ पुगेका थिए । जनताको दुखमा सधै जनताको साथमा हुने र जनताको घरमै सम्म नै पुग्ने नेता भनेर अहिले उनको यो कामको प्रसंसा समेत भइरहेको छ । बझाङका जयपृथ्वी नगरपालिका, मष्टा, थलारा र खप्तडछान्ना गाउँपालिका भूकम्पबाट बढी प्रभावित छन्। मंगलबार बझाङमा गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको र सय जना घाइते भएका थिए । भुकम्मका कारण ८० प्रतिशत घरहरू चर्किएका छन् भने १० प्रतिशतभन्दा बढी बस्नै नमिल्ने अवस्थामा छन् ।
भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा घरहरू क्षति भएको छ। भूकम्पपछि बझाङ जिल्लामा पठनपाठन पनि प्रभावित भएको छ । अधिकांश विद्यालयका संरचना भत्किएपछि यहाँका विद्यालय बन्द गरिएका हुन् । यसैबीच जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित बझाङ जाने भएका छन्। प्रधानमन्त्री प्रचण्ड शुक्रबार बझाङ जाने भएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार बझाङका भूकम्प पीडितलाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुननिर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका थिए।
बिहीबार बसेको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्को १२औं बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताएका थिए। उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका थिए।
नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिमका जिल्लाहरूमा गत बर्षको कार्तिक महिना यता लगातार भूकम्प गइरहेको छ । भूकम्पको कारण बाजुराको गौमुल गाउँपालिका–२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायाको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको थियो ।
२३ कार्तिक २०७९ मा पहिलो पटक खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बिन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको मृत्यु भएको थियो । त्यति खेरको भूकम्पले पनि अधिकांश घरहरूमा चिरा परेको देखिएको थियो । डोटी बाहेकका अन्य सुदूर पश्चिमका जिल्लाहरूमा भौतिक क्षति नभए पनि अभिकांश घरहरूमा चिरा परेका थिए ।
प्रतिक्रिया