US Khabar

कराँतेको पहिलो दिन नेपालका ३ खेलाडी प्रतिस्पर्धाबाट बाहिरिए

- USKHABAR | २ महिना पहिले प्रकाशित

कराँतेको पहिलो दिन नेपालका ३ खेलाडी प्रतिस्पर्धाबाट बाहिरिए

नेपालका तीनै जना खेलाडि पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएका छन् । लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भए । काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे । रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २–० ले चुके । एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अगाडि बढ्न सकेनन् । स्वर्णिमले ३८.३० तथा एलिसाले ३७.३० अंक जोडे ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">