US Khabar

सांसद पौडेलको टिप्पणीः सबै कुराको मूल्य बढ्यो, सरकारको लोकप्रियता मात्रै बढेन

- USKHABAR | २ महिना पहिले प्रकाशित

सांसद पौडेलको टिप्पणीः सबै कुराको मूल्य बढ्यो, सरकारको लोकप्रियता मात्रै बढेन

नेपाली कांग्रेसका सांसद प्रदिप पोडेलले मुलुकमा सबै कुराको चर्को मूल्य वृद्धि भएको तर सरकारप्रतिको भरोसा र लोकप्रियता नबढेको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । बैठकमा बोल्दै उनले भने, ‘सबै कुराको चर्को मूल्य वृद्धि भएको छ, सरकारप्रतिको भरोसा र लोकप्रियता मात्र नबढेको स्थिति हो । म सरकारलाई अनुरोध गर्न चाहन्छु, देखावटी रुपमा होइन साँचै मूल्य बृद्धि नियन्त्रण गर्ने गरी कालो बजारीलाई कारवाही गरेर आफ्नो उपस्थिति देखाओस् ।’

देश आर्थिक मन्दीले थलिएको भन्दै पौडेलले बजारमा ३५ प्रतिशत सटर बन्द भएको अवस्था रहेको बताए । सरकारले मूल्य वृद्धि ७ प्रतिशतमा सीमित राख्ने घोषणा गरे पनि आम जनतालाई मार पर्ने गरी चर्को मूल्य बृद्धि भएको उनले बताए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">