US Khabar

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

- USKHABAR | २ महिना पहिले प्रकाशित

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ ।
यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ ।
आजको बैठकमा प्रतिनिधिसभाका पूर्व सदस्य खेमराज भट्ट मायालुको निधनमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत समेत गर्नेछन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">