पछिल्लो समयका ब्यस्त गायक तथा मोडल मेक्सम खातीको नयाँ गीत सार्वजनिक भएको छ । कुमार पौडेलको शब्द र नरेश खातीको संगीत रहेको तिम्रो रुपैको जादु बोलको गीत गायक मेक्सम र गायिका मेलीना राईको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।
कमल सौरागको संगीत संयोजन रहेको गीतमा माया प्रेम र सौन्दर्यको बयान अभिब्यक्त रहेको छ । शिशिर खातीको निर्देशन र कोरियोग्राफीमा निर्माण भएको भिडियोमा गायक मेक्सम र स्नेहा पौडेलको अभिनय रहेको छ । आकर्षक नृत्य र अभिनय समाविष्ट गीतको भिडियोलाई संकल भुजेले छायांकन गरेका हुन् भने सम्पादन वनिस शाहको रहेका छ ।
प्रतिक्रिया