त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएका युवकको सशस्त्र प्रहरी बलको गोताखोर र प्रहरीको टोलीद्धारा खोजी कार्य सुरु भएको छ। गजुरी गाउँपालिका ५ घाटवेशी स्थित त्रिशुली नदिमा हामफाली बेपत्ता भएका निरन्जन देवकोटाको खोजिको लागि बुधबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारबाट इन्सपेक्टरको कमाण्डमा ४ जना गोताखोर सहितको फौज खटिएको हो ।
हेटौंडा उपमहानगरपालिका-२ चौकी टोलका ३८ वर्षीय निराजन देवकोटाले गत सोमबार साँझ त्रिशुलीमा हाम फालेका थिए। उनी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखाका प्रमुख थिए। सशस्त्र प्रहरी बलको गोताखोर र प्रहरीको टोलीले अहिले त्रिशुलीका विभिन्न ठाउँमा खोजी गरिरहेको छ।
केही समयअघि मात्रै उनले बैंकको जागिरबाट राजीनामा दिएका थिए। तर उनको राजीनामा भने स्वीकृत भइसकेको थिएन। बेपत्ता भएका देवकोटाका परिवार भने प्रहरीको सम्पर्कमा आएका छन्। प्रहरीले देवकोटाको खोजीसँगै घटनाको कारणबारे पनि अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया