US Khabar

उत्तेजक धार्मिक अभिव्यक्ति दिँदै हिँड्ने श्रीनिवास आचार्य पक्राउ

- USKHABAR | २ महिना पहिले प्रकाशित

उत्तेजक धार्मिक अभिव्यक्ति दिँदै हिँड्ने श्रीनिवास आचार्य पक्राउ

आफूलाई युवासन्त बताउने श्रीनिवास आचार्य स्वामीलाई प्रहरीले पक्राउ गरेको छ ।

पछिल्लो समय धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिइरहेका श्री निवासचार्य उर्फ दिनेश पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई मंगलबार सुनसरी प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट पक्राउ गरेको हो ।

प्रहरीले भने उनलाई पक्राउ गर्नुको कारणबारे खुलाएको छैन । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार सामान्य सोधपुछको लागि ल्याइएको हो ।

‘यही विषय भन्ने छैन, सामान्य सोधपुछको लागि बोलाइएको हो,’ भण्डारीले भने । ०७४ चैत २५ मा आफ्नै पाखुरामा गोलि हान्न लगाएर आरोपमा पक्राउ समेत परेका थिए ।

उनले तीनदिनअघि जनकपुरमा आयोजित गौहत्याको विरोधमा आयोजित कार्यक्रममा गाई काट्नेहरूकाविरुद्ध खुकुरी लगेर काट्न भन्दै उत्तेजित भाषण गरेका थिए ।

के भनेका थिए श्रीनिवासले जनकपुरमा?
हिन्दू राष्ट्र र गौहत्याको आन्दोलनमा १० वर्षअघिदेखि लागिरहेको छु । वैदिक सनातन धर्मावलम्बीहरू जिन्दावाद र मुर्दावाद मात्र भनेर हुँदैन, एकजुट हुनुपर्ने भएको छ। हाम्रो गौ मातालाई धरानमा काटिरहेका छन्, भोजपुरमा काटिरहेका छन् । झापामा काटिरहेका छन् । हामी केवल घाममा हिँडेर मात्रै गौमाता बाँच्ने छैनन् ।

यदी हामी गुरुहरूले नै हतियार उठाउनुपर्‍यो भने ठिक हुँदैन । हामी अनुरोध गर्छौं, जसले हाम्रो गौमातालाई काट्छ त्यसलाई खुकुरी लिएर गएर काटिदिनुस् । हाम्रो धर्म र शास्त्रले गाई र माई समान रुपले हेर्छ ।

हामी गाइ खान्छौं भनेर भन्दा यो देशको गृह प्रशासन मौन छ । के यो देशमा कानुन छ ?

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">