नेपाल सरकार र अमेरिकी सहयोग नियोगम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता एमसीसी कम्प्याक्ट नेपालको संसदले अनुमोदन गर्दा गरिएको १२ बुँदे वाख्यात्मक घोषणा एमसीसीले स्वीकारेको बताएको छ ।
काठमाडौं भ्रमणमा रहेकी एमसीसीकी सीईओ एलिस अलब्राइटले मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै नेपालको संसदले गरेको व्याख्यात्मक घोषणा स्वीकारेको बताएकी छिन् । एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा दलहरू विभाजित हुँदा १२ बुँदे व्याख्यात्मक घोषणा गरी संसदबाट अनुमोदन गरिएको थियो ।
एलिसले सो व्याख्यात्मक घोषणाको समर्थन गरी एमसीसीका परियोजना सहज रुपले अगाडि बढेको बताइन् । उनले यस विषयमा प्रतिक्रिया पनि नेपाल सरकारलाई दिइसकेको समेत जानकारी दिइन् । यसअघि पनि काठमाडौंस्थित अमेरिकी दूतावासले पनि १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार गरेको जनाएको थियो ।
आज एलिसले पनि यो परियोजना कार्यान्वयनमा दुवै पक्ष दृढताका साथ उभिएकाले तोकिएकै समयमा परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरिन् । एसीसीको अनुदान र केही नेपाल सरकारको रकममा विद्यीयत प्रसारण लाइन र राजमार्ग स्तरोन्नत्ति परियोजना सञ्चालन हुँदैछन् । त्यसमध्ये अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि धेरै कामहरू अगाडि बढिसकेका छन् ।
प्रसारण लाइन निर्माणका लागि ठेक्कासमेत आह्वान भई ठेकेदारले आवेदनसमेत दिइसकेका छन् । तर, ठेकेदार कम्पनीले रकम कबोल गर्दा तोकिएकोभन्दा धेरै कबोल गरेकाले कसरी ठेक्का सम्झौता गर्ने भन्ने समस्या देखिएको छ । नेपालमा यस्तो समस्या देखिइएका बेला सीईओ एलिस काठमाडौं उत्रिएकी थिइन् । उनले काठमाडौंमा रहँदा राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् ।
प्रतिक्रिया