विश्वका धेरै देशमा धर्मका नाममा युद्ध र द्वन्द्व भएका छन्। धार्मिक द्वन्द्वले कहिल्यै प्रश्रय नपाएको देश नेपालमा अहिले केही धार्मिक अतिवादीले खेल्ने मौका खोजिरहेका छन्। केहि अतिवादीहरु कै कारण नेपालमा अहिले धार्मिक दंगाका लक्षणहरु देखिन थालेका छन् । बाँकेमा ओमकार परिवार हिन्दु समाजका एक जना व्यक्तिले असोज १४ गते मुस्लिम समुदायलाई लक्षित गरी फेसबुकमा लेखेको स्टाटसका कारण नेपालगन्जमा हिजो बिहानैबाट तनाव सिर्जना भएको थियो । स्टाटस लेखेपछि मुस्लिम समुदायका मानिसले नेपालगञ्जमा विरोध ¥याली निकालेको थियो । तर मंगलबार बिहान ओमकार हिन्दु समाजले पनि विरोध ¥याली निकालेका थिए ।
¥यालीमा सहभागी व्यक्तिहरूले सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा, उच्छृंखल गतिविधि गरेपछि धार्मिक सद्भाव भड्किन सक्ने भन्दै प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू जारी गरेको थियो । सामाजिक सद्भाव खलबलिने आशंका बढेपछि स्थानीय प्रशासनले मंगलबार नेपालगञ्ज क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र सूचना जारी गरी धार्मिक आस्थामा आँच पु¥याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।
जिल्लाको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु आदेश जारी भएको हो । उक्त चार किल्ला सीमाभित्र कसैले भेला हुन सभा समारोह गर्न, जुलुस तथा ¥याली गर्न र हिँडडुल गर्न समेत नपाइने गरी निषेधाज्ञा जारी भएको हो ।
नेपालगन्ज आज बिहानदेखि सामान्य बन्दै गएको छ हिजो बिहानैबाट अशान्त रहेको नेपालगन्ज अहिले सामान्य बन्दै गए पनि तत्काल कर्फ्यु हट्ने अवस्था नभएको प्रशासनले जनाएको छ ।
हिजो दिउँसो कर्फ्युका बीच पनि दुई पक्षबीच झडप हुँदा ३ जना सुरक्षाकर्मी र १० जना सर्वसाधारण घाइते भएका छन् । उनीहरूको नेपालगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । इतिहासदेखि नै धर्म, राजनीति र दैनिक जीवनको सम्बन्ध गहिरो छ। एक्काइशौँ शताब्दीको यो आधुनिक विश्वमा पनि धर्मलाई दैनिक जीवनबाट अलग नगर्ने असंख्य मानिस छन्। धर्मलाई राज्यबाट अलग गर्ननसक्ने देश धेरै नै छन्। नेपालमा पनि बहुसंख्यक जनता धर्मनिरपेक्ष होइन, सापेक्ष छन्। त्यसैले विश्वको एकमात्र हिन्दु राष्ट्रका रूपमा रहेको नेपाल धर्मनिरपेक्ष बन्दा समर्थन र विरोधमा उत्रनेहरू निकै थिए ।
अहिले धर्मनिरपेक्षताबाट पुनः हिन्दुराष्ट्रमै फर्कन दबाब दिनेखालका नारा लाग्न थालेका छन्। धर्मको राजनीति गर्ने समुह सानै भए पनि यसले अकल्पनीय परिणाम निम्त्याउला संकेत गरेको छ जसका कारण अहिले नेपालमा धार्मिक दगां बढ्दै गएका छन् ।यस्तै धरानमा पनि यसको लक्षण देखिएको थियो धरानमा गोरु काटेर भोज खाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा गाईको मासु खाएको भनेर भिडिओ खिचिरहेकी युवतीले बताएकी थिइन्। जब यो विषय व्यापक भयो, वैदिक ९हिन्दु० हरूले आफ्नो धार्मिक परम्पराको अपमान भएको महसुस गरे । गोरु काटिएको घटनाको विरोध गर्न ठूलो संख्यामा प्रदर्शनकारी धरान पुगे र प्रदर्शन समेत गरे सम्भावित अनिष्टलाई टार्न प्रशासनले २४ घण्टे निषेधाज्ञा नै जारी गर्नु प¥यो । ‘गोरु काण्ड’ ले नेपाली समाजलाई कता गइरहेको छ भन्ने प्रष्ट पारेको थियो । अन्तरधार्मिक द्वन्द्वको बीउ त्यहि बाट सुरु भएको थियो ।
नेपालको धार्मिक दगां भड्काउने सबै भन्दा ठुलो विषय हो नेपाललाई हिन्दुराष्ट्र बनाउने यहि जगमा टेकेर नेपालमा अतिवादीहरुले खति हुने काम गरिरहेका छन् । । नेपाललाई किन हिन्दुराष्ट्र बनाउने ? बहुसंख्यक जनता हिन्दु भएकाले नेपाललाई हिन्दुराष्ट्र नै बनाउनुपर्छ भन्ने अधिकांशको माग छ। यो तर्कको जग आफैमा कमजोर छ। पक्कै पनि नेपालमा ८१ प्रतिशत जनता हिन्दु छन्। धर्मनिरपेक्ष भएपछि पनि हिन्दुधर्म र संस्कारमा न त राज्यले नियन्त्रण गरेको छ न त अल्पसंख्यामा रहेका अन्य धर्मीले नै बहुसंख्यक जनता आफै संरक्षित छन् भने उनीहरूलाई राज्यले थप संरक्षण प्रदान गर्ने किन ? के हिन्दुुबाहेक अन्य धर्म मान्ने बाँकी २० प्रतिशत जनताले राज्यबाट समानताको अनुुभव गर्नुपर्दैन ?तथापि, धर्मका नाममा हिन्दुइतरबाट गलत क्रियाकलाप पनि भएको देखिन्छ। गरिवीका साथै अन्य सामाजिक समस्यालाई देखाएर धर्म परिवर्तनको कार्य पनि भइरहेकै छ। जबर्जस्ती धर्म परिवर्तन गराउने क्रमलाई रोक्न सक्नुपर्छ।
धर्मनिरपेक्ष भइसकेको नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउनु भनेको अन्य धर्मीको भावनामा चोट पुर्याधउनु हो। कुनै पनि बहानामा धर्मको राजनीति गर्नु भनेको देशलाई विखण्डनको सिकार बनाउनु हो। विश्वमा हाल चलिरहेका अधिकांशः द्वन्द्वको जरो धार्मिक विषयसँग जोडिएको छ। धार्मिक भिडन्तहरू प्रारम्भमा सानासाना अहम्बाट उब्जिएका र पछि विकराल बन्दै गएका हुन्। हाम्रै छिमेकी भारतमा हिन्दु र मुस्लिमबीच पटकपटक धार्मिक दंगा भइरहन्छ जसको असर नेपालमा देखिन थालेको छ ।हालै मात्र भारतको मणिपुरमा धार्मिक दगौ भएको थियो ।विश्वका भएका धार्मिक युद्धबाट शिक्षा लिएर नेपालले धर्मका नाममा हुनसक्ने द्वन्द्वलाई रोक्न बेलैमा सजग हुनु जरुरी छ।
प्रतिक्रिया