US Khabar

सुदूरपश्चिममा भूकम्पको कहर, कहिँ घर भत्किए , कहिँ अवरुद्ध भए राजमार्ग, भूकम्पबाट ६ जना घाइते

- USKHABAR | २ महिना पहिले प्रकाशित

सुदूरपश्चिममा भूकम्पको कहर, कहिँ घर भत्किए , कहिँ अवरुद्ध भए राजमार्ग, भूकम्पबाट ६ जना घाइते

सुदूरपश्चिममा अहिले भुकम्पले घरहरु मात्र हैन धेरैका मन पनि हल्लाई रहेको छ । सुदूरपश्चिममा भूकम्पको कहरले कहि घर भत्किएका छन् भने कहि राजमार्ग नै अवरुद्ध भएका छन् । सुदूरपश्चिम प्रदेशको बझाङलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो भूकम्पको शक्तिशाली धक्का गएको थियो । ६।३ म्याग्निच्युड तीव्रता मापन गरिएको भूकम्पले नेपालको संघीय राजधानीमात्र नभएर भारतको राजधानी नयाँ दिल्ली पनि हल्लाएको थियो । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बझाङमा भूकम्पबाट घाइते भएकाहरू ५ जना बालबालिका हुन् । घाइतेहरूको अवस्था सामान्य छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पका कारण बझाङमा पहिरो खसेको छ । पहिरोका कारण जय पृथ्वीबहादुर राजमार्गको बझाङ खण्ड अवरुद्ध भएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको थियो । दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले भौतिक संरचनामा ठूलो क्षति भएको छ । बझाङमा अहिले वडा कार्यालय, विद्यालयका भवनहरु ध्वस्त भएको अवस्था छ ।’

बझाङमा मंगलबार गएको शक्तिशाली भूकम्पपछि सर्वसाधारण त्रसित बनेका छन् । ‘कैयन घरहरु चर्किएका छन्, भने ठाउँठाउँमा घरहरु भत्किएका छन् । भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ । व्यवसायीहरुदेखि सर्वसाधारणसम्म अहिले खुला ठाउँमा भेला भएर बसिरहेको अवस्था छ । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५।३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।
नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिमका जिल्लाहरूमा गत बर्षको कार्तिक महिना यता लगातार भूकम्प गइरहेको छ । भूकम्पको कारण बाजुराको गौमुल गाउँपालिका–२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायाको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको थियो । २३ कार्तिक २०७९ मा पहिलो पटक खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बिन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको मृत्यु भएको थियो । त्यति खेरको भूकम्पले पनि अधिकांश घरहरूमा चिरा परेको देखिएको थियो । डोटी बाहेकका अन्य सुदूर पश्चिमका जिल्लाहरूमा भौतिक क्षति नभए पनि अभिकांश घरहरूमा चिरा परेका थिए ।

सुदूरपश्चिममा भुकुम्प आउछँ मान्छेको ज्यान लिन्छ, मान्छेले ज्यान गुमाए पछि मात्र समाचारको विषय बन्छ सुदूरपश्चिम । हुन त दुर भएर पनि होला सरकारले दिने अधिकार बाट पनि धेरै दुर र सुदूरपश्चिम । भूकम्प आउँछ, जनताको ज्यान जान्छ र सरकारले राहतको घोषणा गर्छ तर सरकार जनताकोमा कहिले पुग्दैन । भकक्प मापन केन्द्रले जान्ने भनेकै भूकम्पको म्याग्निच्यूट नाप्न हो पुर्व सर्तक्रताका लागी जान्दैन् जानकारी दिन, किनकी सुदूरपश्चिम दुर छ राजधानीले महसुस् गदैन् त्यसको पिडा देख्दैन् त्यसको चित्कार ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">