US Khabar

अर्थतन्त्र सुधारको कार्य प्रगति संसदीय समितिमा बुझाउन सांसद वाग्लेको माग

- USKHABAR | २ महिना पहिले प्रकाशित

अर्थतन्त्र सुधारको कार्य प्रगति संसदीय समितिमा बुझाउन सांसद वाग्लेको माग

अर्थशास्त्री एवं सांसद स्वर्णिम वाग्लेले बजेटमा घोषणा गरिएका प्रोत्साहन कार्यक्रम कार्यप्रगति विवरण संसदीय समितिलाई उपलब्ध गराउन अर्थमन्त्रालयसँग माग गरेका छन् । मंगलबार अर्थ समितिको बैठकमा मुलुकको विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षामा भाग लिएका समिति सदस्य वाग्लेले अर्थमन्त्रालयसँग सरकारले बजेटमा घोषणा गरेका विविध कार्यक्रमहरुको कार्यविवरण माग गरेका हुन् ।
उनले भने, ‘बजेट बक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पूँजीगत खर्चको प्रभावकारीताबारे विभिन्न इनिसियटिभहरुको घोषणा गरिएको थियो । तिनको कार्यप्रगति के छ ? कुनै साउनमै आउनुपर्ने थियो, कुनै असोजमा आउने भनिएको छ । कार्तिकपछि त एउटा कडा डेटलाइमा हामी जन्छौ । त्यो हरेक बुँदाको विरुद्धमा आउनुपर्ने प्रगति अर्थ समितिबाट आयो भने राम्रो हुन्छ ।’

वाग्लेले सरकारलाई आर्थिक क्षेत्रमा सुधारका लागि पर्यटन र उर्जा क्षेत्रको अर्थतन्त्रमा योगदानको हिस्दा उल्लेख गर्दै सरकारले औसतमा म्याक्रो सूचकहरुमा दिने महत्वलाई अवस्था हेरेर सूचकहरुमा ध्यान दिनुपर्नेमा जोड दिए । मोटरसाइकस रिपियल, होलसेल, रिटेलर जस्ता क्षेत्रको झन्डै १६ प्रतिशत योगदान अर्थतन्त्रमा देखिएको भन्दै उनले त्यस्ता क्षेत्रलाई समेटेर कार्यक्रम बनाउन आग्रह गरे ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">