US Khabar

एसियन गेम्समा क्वार्टफाइनलबाटै बाहिरियाे नेपाल, भारत सँग २३ रनले पराजित

- USKHABAR | २ महिना पहिले प्रकाशित

एसियन गेम्समा क्वार्टफाइनलबाटै बाहिरियाे नेपाल, भारत सँग २३ रनले पराजित

१९ औँ एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगिताको क्वार्टफाइनलबाटै नेपाल बाहिरिएको छ । मंगलबार भएको अन्तिम ८ को खेलमा भारतसँग २३ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो । चीनको हान्झाउमा जारी प्रतियोगितामा २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर नेपालले १७९ रनमात्र १ सय बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बलमा ४ छक्काको मदतमा ३२ रन बनाउँदा सन्दीप जोरा र कुशल मल्लले समान २९(२९ रन बनाए । कुशल भुर्तेल २८ रन तथा आशिफ शेख १० रनमा आउट भए । करण केसीले १८ रन बनाए ।

भारतका लागि रवि विश्नोइ र आभेश खानले समान ३(३, अर्शदिप सिंहले २ र साइ किशोरले १ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २ रन जोड्यो ।

भारतका लागि यशस्वी जयसवालले ४९ बलमा १०० रन बनाउँदा ८ चौका र ७ छक्का हिर्काए । रिंकु सिंहले १५ बलमा ३७ रन बनाउँदा २ चौका र ४ छक्का प्रहार गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानले समान १(१ विकेट हात पारे ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">