अमेरिकाको केनोसामा २९ वर्षिय अश्वेत व्यक्ति ज्याकुब ब्लेकमाथि प्रहरीले गोली प्रहार गरेको विरोधमा सुरु भएको प्रदर्शनलाई गत मे मा प्रहरीले हिरासतमा मारिएका जर्ज फ्लोइडका परिवारले साथ दिएका छन् । अश्वत नागरिक माथीको क्रुर आक्रमणका भन्दै जर्ज फ्लोइडका बहिनी ब्रिदगेट फ्लोइडले प्रहरी दमनविरुद्ध एकजुट हुन प्रदर्शनकारीहरुलाई सुझाव दिएकी हुन् ।
यस अघि गत मे मा प्रहरीले हिरासतमा रहेका जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको घटनालाई लिएर सुरु भएको आन्दोलन अझै पनि रोक्एिको छैन ।
जर्ज चिच्याइरहँदा पनि उनको घाँटी थिचिरहेको भिडिओ सामाजिक सञ्जालमा भाईरल भएको भएसंगै सिंगो अमेरिमा आन्दोलन सुरु भएको थियो । कयौं प्रदर्शनकारीको ज्यनन समेत गएको यस आन्दोलनमा सहभागीहरुले जर्जले ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भनेर जीवन रक्षाको लागि अनुनय गरेको वाक्यलाई नारा बनाएर आन्दोलन सुरु गरेका थिए ।
विस्कन्सिन राज्यको केनोशा शहरमा २९ वर्षीय याकुब ब्लेकलाई नियन्त्रणमा लिनेक्रममा उनका ३ बच्चाहरुको सामुन्ने सार्वजनिक स्थलमा नै उनिमाथी ७ राउण्ड गोली प्रहार गरेको थियो । ब्लेक हाल अस्पतालमा रहेको र उनको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यस घटनाको बिरोधमा केनोसामा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले प्रदर्शन जारी रहेको छ जसमा प्रदर्शनकारीहरुको मृत्यु समेत भएको छ ।
अमेरिकाको केनोसामा प्रदर्शनकारीहरुले ठाउँ ठाउँका सरकारी सम्पतिमा आगजनी गर्नुका साथै पसलहरुमा लुटपाट गरेको भन्दै सरकारले थप सेना परिचालन गरिएको छ । शान्तिपूर्ण आन्दोलन दवाउन सेना परिचालन गरेको भन्दै प्रदर्शकारीले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।
४ महिना अघि प्रहरीले मारेका जर्ज फ्लोइड हत्याको झल्को दिने यस घटनामा कारमा बस्दै गरेका उनिमाथी प्रहरीले लगातार ७ रायण्ड गोली प्रहार गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाईरल भै रहेको छ । प्रहरीले हानेको गोली उनको ढाडमा लागेको थियो । यि दुई घटना करिव करिव समान प्रकृतिको जस्तो देखिएपछि हजारौं अश्वेत संगै अमेरिकी श्वेत नागरिक समेत यस आन्दोलनमा समर्थनमा देखिएका छन् ।
सार्वजनिक भएको भिडिओमा प्रहरीले घेराबन्दी गर्दागर्दै आफ्नो गाडीमा प्रवेश गर्न लागेका उनलाई लुगामा समातेर प्रहरीले लगातार पछाडीबाट गोली हानेको देखिन्छ । जुन गाडी भित्र उनका ३ जना बच्चाहरु रहेका थिए भने उनलाई गोली नहान्नका लागि अनुरोध गरिरहेकी युवतीको अनुनय पनि ह्रदय विदारक देखिन्छ ।
प्रतिक्रिया