नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएसंगै संक्रमित मृत्युदर २०८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज मृत्यु भएकाहरुमा काठमाडौं, भक्तपुर र ललितपुरका दुई–दुई जना, पर्सामा दुई, सिरहा, महोत्तरी, पाल्पा, गोरखा र कास्कीमा एक एक जना रहेका छन् । जसमध्य तीन महिला र १० पुरुष रहेका छन्।
पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमा २४२ महिला र ६४२ पुरुष रहेका छन् भने उपत्यकामा मात्रै १८६ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौंका १५५ , भक्तपुरका १२ र ललितपुरका १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ।
प्रतिक्रिया