US Khabar

साना बचतकर्ताहरुको लगानी सुरक्षित गर्नुपर्छः अर्थमन्त्री महत

- USKHABAR | २ महिना पहिले प्रकाशित

साना बचतकर्ताहरुको लगानी सुरक्षित गर्नुपर्छः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा उनले साना आम बचतकर्ताहरुको लगानी सुरक्षित गर्नुपर्ने बताए ।

‘शेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छ । आम लगानीकर्ता साना साना बचतकर्ताहरु छन् । उहाँहरुको लगानी सुरक्षित गर्न आवश्यक छ’ उनले भने ।

उनले यससम्बन्धी नियम कानुन अपुरो भएको भन्दै र त्यसलाई पूर्णता दिने काम भइरहेको बताए । पहिलेको तुलनामा ब्रोकरहरु बढेको कारणले प्रतिस्पर्धाको सुरुवात गर्न पर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">