US Khabar

सहकर्मी कुटिएको विरोधमा केएमसी अस्पतालका डाक्टर काम बन्द गरेर प्रर्दशनमा

- USKHABAR | २ महिना पहिले प्रकाशित

सहकर्मी कुटिएको विरोधमा केएमसी अस्पतालका डाक्टर काम बन्द गरेर प्रर्दशनमा

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सहकर्मीमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकले विरोध प्रर्दशन गरेका छन् ।
इन्टर्न डाक्टरमाथि हातपात भएको भन्दै उनीहरुले काम बन्द गरेर आइतबार अस्पताल अगाडिको सडकमा धर्ना दिएका हुन् । मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण गरेको उनीहरुको भनाई छ ।
डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन्। आन्दोलनमा सहभागि डाक्टर विवेक अधिकारीले, भने ‘ हामी काम गर्न सक्दैनौ । हाम्रो अगाडि मानीसको ज्यान झण्डै गएको छ । एक जनालाई तीन जनाले कुटेर टाउको झण्डै फुटेको छ । तीन जना मानीसलाई कारबाही गर्न सकेन भने नयाँ बिरामी हामी लिँदैनौं ।’

त्यस्तै अर्का डाक्टर प्रशानसकै मान्छे भनेर डाक्टरमाथि कुटपिट भएको बताए । ‘एकजना इन्टनले विरामी भेट्न एकै पटक नआउँनु, पालै पालो गरेर आउँनुभन्दा त्यही न्यूमा कुटेको हो । त्यो इन्टन बाहिर आउँदा मलाई चिन्छन् यो कलेजको प्रशासनको मान्छे भनेर ३, ४ जना मिलेर कुटेको हो ।’ उनले भने ।
उनले हिजो मात्रै सरकारले डाक्टरसंग गरेको सहमतिको मसी सुक्न नपाउँदै फेरी हातपात भएको भन्दै आक्रोश पोखे । उनले भने ‘हिजो जुन वार्ता भयो त्यो वार्ता मात्रै हो कार्यान्वयन हुन सक्दैँन् । नेपालमा धेरै हुन्छ यस्तो घटना, नेपालको मुख्य समस्या भनेको नै कार्यान्वयन हुन सक्दैँन् । जुन नीति आएपनि कार्यान्वयन हुदैँन् । डाक्टरको गल्ती छ भने सजाँय दिन मिल्छ तर त्यसरी हातपात गर्न मिल्दैँन् ।’ डाक्टर खड्कामाथि हातपात गरेको आरोपमा प्रहरीले रुपक गौतम तथा सरोज गौतमलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">