US Khabar

नेपाली समाजको रजत जयन्ती सम्पन्न, टेक्ससमा कृयासिल ९६ बढि सामाजिक संस्थालाई सम्मान

- USKHABAR | २ महिना पहिले प्रकाशित

नेपाली समाजको रजत जयन्ती सम्पन्न, टेक्ससमा कृयासिल ९६ बढि सामाजिक संस्थालाई सम्मान

नेपाली समाज टेक्ससले आफ्नो स्थापनाको रजत जयन्ती उत्सबको रुपमा मनाएको छ । नेपाली समाज टेक्ससले स्थापनाको २५ वर्ष पुगेको अवसरमा शनिबार भव्य रुपमा रजत जयन्ति कार्यक्रम मनाएको हो । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको युलेस सिटीमा आयोजना गरिएको रजत जयन्ति कार्यक्रममा संस्थालाई हालसम्म सहयोग पुर्याउनेहरुलाई सम्मान, परेड साथ स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि युलेस सिटीकी मेयर लिण्डा मार्टिनले नेपाली समुदायको सकृयताको प्रशंसा गरिन् । उनले सिटीको तर्फबाट समुदायलाई आवश्यक सहयोग गर्ने वचन पनि दिइन् ।
कार्यक्रममा नेपाली समाज टेक्ससले स्मारिका प्रकाशित गरेको थियो । २५ वर्षको इतिहास र गतिविधिलाई समेटेर प्रकाशित गरेको स्मारिकाको संस्थाका पूर्ब अध्यक्षहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।

त्यस अवसरमा पूर्ब अध्यक्ष डा। प्रेम अधिकारीले नेपाली समाज टेक्ससले समुदायलाई पुर्याएको योगदानका बारेमा चर्चा गर्दै संस्थाले विशाल रुप ग्रहण गर्दै गएकोमा खुशी व्यक्त गरेका थिए । युलेस सिटीको काउन्सिलम्यान टीका पौडेलले नेपाली समुदायलाई स्थानीय सिटी, काउन्टी लगायतका कार्यक्रमहरुमा सकृय सहभागी हुनका लागि आव्हान समेत गरेका थिए ।

संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा बिभिन्न संस्थाहरुलाई नेपाली समाज टेक्ससले सम्मानित पनि गरेको छ । नेपाली समाज टेक्ससले २५ औँ रजत जन्यती अवसरमा टेक्ससमा कृयासिल ९६ बढि सामाजिक संस्थालाई सम्मान गरेको छ । बिभिन्न समुदायको झाकी, पन्चे बाजा, भजन, तामांग, मगर, मधेस लगायतका समुदायको सहभागीता रहेका कार्यक्रमा युएस खबरका अध्यक्ष तथा प्रधानसम्पादक ओम आचार्य लगायत टेक्ससमा कृयासील पत्रकारहरुलाई नेपाली समाज टेक्सस सम्मान गरेको हो ।

रजत जयन्तीको अवसरमा पशुपतिनाथ मन्दिरबाट करिब २ माईल साँस्कृतिक परेड प्रदर्शन गरिएको थियो । उक्त परेड कार्यक्रममा नेपाली समुदायका बिभिन्न जातीय तथा क्षेत्रीय सँस्थाहरु आ आफ्नो पहिचान सहितको पोशाक, झाँकी तथा व्यानर सहित सहभागिता जनाएका थिए । आफ्नो परम्परागत संस्कृति, पोशाक सहित परेठमा एक हजार बढि नेपालीको सहभागीता रहेको थियो ।

पञ्चेबाजा, बिभिन्न सांस्कृतिक नृत्य, पोशाक सहित नेपालका बिभिन्न स्थानबाट अमेरिका आएर बसोबास गरिरहेका व्यक्तिहरुले कार्यक्रमा सहभागीता जनाएका थिए । कार्यक्रममा अस्टिन, ह्युस्टनबाट समेत संस्थाहरुको प्रतिनिधित्व थियो ।
सन् १९९८ मा स्थापना भएको नेपाली समाज टेक्सस यो क्षेत्रको सबैभन्दा ठूलो नेपालीहरुको संस्था हो । नेपाली समाज टेक्सासले आफ्नो स्थापना भएको रजत जयन्तीको अवसरमा शनिबार नै गजल महफिल कार्यक्रम आयोजना गरिएको थियो । यसअघि नेपाली समुदायको बृहत सहभागितामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसैगरि यूनाइटेड नेवा यूएसले यसैदिन इन्द्रजात्रा मनाएको छ । टेक्ससको फोटवर्थमा विभिन्न सास्कृतिक कार्यक्रम गरि इन्द्रजात्रा मनाइएको हो । जात्रामा ज्यूदो भगवान मानिने कुमारी, लाखे नाच बाजागाजा लगाएतका आकर्षण रहेको थियो । संस्थाले हरेक बर्ष विभिन्न कार्यक्रम गरि इन्द्रजात्रा मनाउदै आइरहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">