प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको बताएका छन्। नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै यसको चौतर्फी विरोध सुरु भएको थियो । आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आसन्न चाडब ाड र उपभोक्ता हितलाई ध्यान दिँदै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको जानकारी गराएका हुन्।
नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो। चाडबाडको मुखमा मूल्यवृद्धि भएको भन्दै सरकारको विरोध भएको थियो। आइतबार बसेको मन्त्रिपरिषद बैठकमा पनि यसबारे छलफल भएको थियो। प्रधानमन्त्री दाहालले निगमलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएर फिर्ता भइसकेको जानकारी गराएका छन्। निगमले सूचना जारी गरेर पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम भएको घोषणा गर्ने बताइएको छ। शनिबार बसेको निगम व्यवस्थापनले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१४ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। यस्तै हवाई इन्धन ९आन्तरिक०मा प्रतिलिटर ८ रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर १।०३५ अमेरिकी डलर मूल्यवृद्धि भएको थियो।
यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको थियो । पेट्रोलको मूल्य पहिलो वर्ग ९चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ० मा प्रतिलिटिर १८२।५ रुपैयाँ, दोस्रो बर्ग ९सुर्खेत र दाङ० मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको थियो । त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६।५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर पुगेको थियो । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १।०९५ अमेरिकी डलर पुगेको थियो। चाडपर्वको मुखमा उपभोक्तालाई मार पर्ने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको भन्दै सरकारको चौतर्फी विरोध भएको थियो। विरोधपछि सरकारले निगमलाई मूल्यवृद्धि फिर्ताका लागि निर्देशन दिने निर्णय गरेको हो।
चाडपर्वको मुखमा महँगीको मार थोपरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार प्रधानमन्त्री ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको थियो ।मुल्यवृद्धिको विरोधमा सर्वदलीय बैठक बहिष्कार गरेको रास्वपाका सभापति रवि लामिछानेले फेसबुक स्ट्याटसमार्फत् जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ११ बजे संसद्मा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई छलफलका लागि बालुवाटार बोलाएका थिए।
जनताले उत्साह र श्रद्धाका साथ मनाउने विभिन्न चाडपर्वहरू नजिकिएको समयमा निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उक्त कार्यको विरोध भएको थियो । मूल्यवृद्धि अस्वभाविक रहेको भन्दै जनताको ढाड सेक्ने गरी भएको सो निर्णय मान्य नहुने भन्दै पनि विरोध भएको थियो विश्वव्यापी आर्थिक मन्दीको चेपुवामा निम्न आयमा गुजारा गर्नुपर्ने बाध्यतामा बसिरहेका नेपाली जनतालाई राहत महसुस हुने गरी कार्य गर्ने समय हो । देशमा आर्थिक मन्दी छाइरहेको बेला सरकारी निकायले नै मूल्यवृद्धि गरिरहेको भन्दै यस्तो कार्यमा सरकार समेत जिम्मेवार हुनुपर्ने हुन्छ । यस्ता सबै कुरा ध्यानमा राख्दै सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको बताइएको छ ।
प्रतिक्रिया