US Khabar

सुरक्षासम्बन्धी कुरा सरकारको मात्र विषय होइनः आइजीपी कुँवर

- USKHABAR | २ महिना पहिले प्रकाशित

सुरक्षासम्बन्धी कुरा सरकारको मात्र विषय होइनः आइजीपी कुँवर

नेपाल प्रहरीका प्रमुख आइजीपी बसन्त कुँवरले सुरक्षाको कुरा सरकारको मात्र विषय नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० मा उनले उपत्यकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापन नेपाल प्रहरी र सरोकारवाला पक्षहरुबीच सहकार्य गर्दै अगाडि बढेको बताए ।

‘सुरक्षा केवल सरकारको मात्र विषय होइन । हामी सबैको साझा सहकार्यको प्रतिफल पनि हो । त्यसैले नेपाल प्रहरीले हरेक पक्षमा आपसी समवन्य र सहकार्यमा अगाडि बढिरहेको छ । उपत्यकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापन नेपाल प्रहरी र सरोकारवाला पक्षहरुबीच सहकार्य भएको छ ।’

आउने दिनहरुमा ट्राफिक व्यवस्थापन र क्षति न्यूनीकरणमा भ्यान दिंदै सुरक्षालाई चुस्त दुरुस्त तरिकाले सुधार गर्ने लक्ष लिएको उनको भनाई छ । उनले जनतालाई सेवा दिने र ट्राफिक व्यवस्थापनका लागि सरकार र अन्य सम्बन्धित निकायहरुको धेरैभन्दा धेरै सहकार्य आवश्यक भएको बताए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">