US Khabar

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका प्रेरणा स्रोत हुन्ः राष्ट्रपति पौडेल

- USKHABAR | २ महिना पहिले प्रकाशित

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका प्रेरणा स्रोत हुन्ः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाका स्रोत भएको बताएका छन् । आइतबार ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनको लागि शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले भनेका छन्, ‘ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्दछन् । उहाँहरूको ज्ञान, सिप र अनुभवलाई अन्तर पुस्तान्तरण गरी अत्यधिक उपयोग गर्न सके देशको आर्थिक समृद्धि प्राप्त गर्न तथा सामाजिक सहृदयता कायम गर्न ठूलो सहयोग मिल्नेछ ।’ दिवसको अवसरमा विभिन्न सङ्घ संस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र सम्वर्द्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउन लागेको जानकारी पाउँदा आफूलाई अत्यन्त खुसी लागेको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">