US Khabar

अमेरिकामा एक युवकले छुरा प्रहार गरि आफ्नै साथिको हत्या

- USKHABAR | २ महिना पहिले प्रकाशित

अमेरिकामा एक युवकले छुरा प्रहार गरि आफ्नै साथिको हत्या

अमेरिकाको ओहायोको रेनोल्ड्सबर्गमा एक युवकले छुरा प्रहार गरि आफ्नै साथिको हत्या गरेका छन् । ३३ वर्षीय सूर्य भुजेलले प्रहरीलाई फोन गरेर आफूले आफ्नो साथी ३६ वर्षीय बुद्धि माझीलाई छुरा प्रहार गरेको बताएका हुन् ।
घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार भुजेलले माझीसँग झगडा गरेपछि घरभित्र पसेर भान्साको चक्कु लिएर माझिको छातीमा प्रहार गरेको जनाइएको छ । माझीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

भुजेललाई हाल लिकिङ काउन्टी कारागारमा राखिएको छ । प्रारम्भिक सुनुवाई अक्टोबर ५ का लागि तोकिएको छ । उनीहरु दुबैजना नेपाली भाषी भुटानी रहेको बताइएको छ । केहीबर्ष अगाडि उनीहरु नेपालबाट शरणार्थीका रुपमा अमेरिका आएका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">