कास्की, हेम्जाका २५ बर्षिय युवा एक युवक अजय कुंवर न्युयोर्क स्थित आफ्नै कोठामा मृत फेला परेको छन् । रातीको सिफ्ट काम सकेर बिहान कोठा आएर सुतेका कुवंर आफ्नै अपाटमेन्टको कोठामा सुतेका थिए । सोहि दिन संगै बस्ने साथी सरोज खड्का दिउसोको सकेर आउदा अजयलाई र्याल काढेको अवस्थामा देखेपछी खड्काले तुरुन्तै ९११ डायल गरी प्रहरी र स्वास्थ्य टोली डाकेका थिए । प्रहरी र स्वास्थ्य टोलीले उनलाई एकै छिन स्वास्थ्य परिक्षण गरिसकेपछी मृत घोषणा गरेका थिए ।
अजय कुंवर न्युयोर्कको लंगआईल्यान्ड स्थित हिक्सभिलमा बिगत ५ बर्ष देखि बस्दै आएका थिए । कुंवरको शब अहिले अस्पतालमा पोष्टमार्टमको लागी राखिएको र अजयका बुवा आमाले शव नेपाल पठाउन आग्रह गरेपछी अहिले नेपाल पठाउने तयारीमा जुटेका हेम्जा वेलफेयर सोसाईटीका अध्यक्ष निरज सापकोटाले जानकारी दिएका छन् ।
प्रतिक्रिया