US Khabar

बालेनले फिर्ता गरे सुरक्षाको लागि खटाएको अंगरक्षक

- USKHABAR | २ महिना पहिले प्रकाशित

बालेनले फिर्ता गरे सुरक्षाको लागि खटाएको अंगरक्षक

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सरकारले सुरक्षाका लागि खटाएको अंगरक्षक (पिएसओ) फिर्ता गरिदिएका छन् । आफुलाई संघीय सरकारको सुरक्षा नचाहिएको भन्दै उनले फिर्ता गरिदिएका हुन् ।

केन्द्रीय सुरक्षा समितिको बैठकअनुसार गत महिना उनलाई पिएसओ दिने निर्णय भएको थियो । सोहीअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक जुनियर अधिकृतलाई उनको सुरक्षामा पत्रसहित खटाएको थियो । तर, उनले ती प्रहरीलाई फिर्ता गरिदिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए । सुरक्षा जोखिम भएको भन्दै गत वर्ष बालेन आफैंले सरकारसँग पिएसओ मागेका थिए । सुकुम्बासी नेताहरूले धम्की दिएपछि उनले त्यसबेला पिएसओ मागेका थिए । मागेको लामो समयसम्म नदिएको आक्रोश समेत व्यक्त गरे । तर, त्यतीबेला गृह मन्त्रालयले पिएसओ उपलब्ध गराएन ।

यसपटक पनि उनलाई सुरक्षा जोखिम रहेकै निष्कर्षका आधारमा खटाउने निर्णय भए पनि उनले फिर्ता पठाइदिएको गृह मन्त्रालयका एक सहसचिवले बताए । मेयर शाह महानगरपालिकाकै नगर प्रहरीको सुरक्षामा हिड्ने गर्दछन् । सार्वजनिक कार्यक्रममा त उनी नगर प्रहरीको स्कर्टिङमा हिड्ने गरेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">