रक्षक सभाले मंसिर पहिलो साता राष्ट्रिय सम्मेलन गर्ने भएको छ । स्वतन्त्र नागरिक समाज, बुृद्धिजीवी तथा प्रबुृद्धि व्यक्तिहरुको सहभागितामा समानान्तर सरकार निमार्णको माग गर्दै राष्ट्रिय सम्मेलन गर्न लागेको हो । देशको राजनीतिले सर्वत्र निराशा मात्र छाएको भन्दै तेस्रो संविधासभा निर्वाचनको माग गर्दै राष्ट्रिय सम्मेलनको आयोजना गरिएको सभाका सहजकर्ता डम्बर साहुले जानकारी दिएका छन् । यसका लागि रक्षक समाजले आ-आफ्नो विवेक र क्षमता प्रयोग गर्न सुझाउनुका साथै वर्तमान व्यवस्थाका सबै संरचनालाई संम्भव भएसम्म असहयोग गर्न पनि आह्वान गरेको छ। राजकीय बेथिती, अनुत्तरदायित्व र लक्ष्यहीनताबाट आजित आमनागरिकले एक सुगम निर्माणका निम्ति चालेको पहिलो पाईलाको नाम नै रक्षक सभा भएकाले मुलुकलाई सहि मार्गमा डोर्याउन आफुहरूले यस्ता माग अघि सारेको सभाका सहजकर्ता साहुले युएस खबरलाई बताए ।
स्वतन्त्र बुद्धिजीवी तथा आम नागरिक (समाज) को समानान्तर सरकार निर्माण गरी तेस्रो संविधान सभाको निर्वाचन गर्नुपर्ने सभाको माग रहेको छ । यसका लागि उसले स्वतन्त्र बुद्धिजीवीहरूको छनौट गरी तत्काल २ सय ५ सदस्यीय संसद तत्काल खडा गर्न पनि माग गरेको छ । आफ्नो माग पुरा गर्न बन्द, हड्ताल जस्ता नागरिकहरूलाई दुस्ख दिने काम भने नगर्न सभाले सबैलाई सचेत गराएको छ । अहिलेको संविधान र राज्यसत्ताको वागडोर समालिरहेको दलहरूबाट मुलुक दिनानुदिन कमजोर हुदै गएको निष्कर्ष निकाल्दै सभाले आफुहरूले मुलुकलाई नयाँ दिशा दिन यस्तो माग गरिएको उसले जिकिर गरेको छ।
प्रतिक्रिया