अहिले सामाजिक सञ्जालमा गृह मन्त्रालयले कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा योग गर्न दिएको निर्देशनलाई लिएर चर्चा भइरहेको छ । गृह मन्त्रालयको उक्त कार्यको आलोचना र समर्थन दुबै भइरहेको छ । हुन त गृहमन्त्री नारायणकाजी र योग अध्यात्मसँग राम्रो सम्बन्ध छ । उनी आफुलाई राजननीतिक सन्यासी भन्न रुचाउछन् । गृह मन्त्रालयले कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा योग गर्न दिएको निर्देशनलाई लिएर पूर्वसचिव भीम उपाध्याय र धरान उपमहानगरपालिकाका मेयर हक राई साम्पाङ बिच सामाजिक सञ्जाल फेसबुकमा जुहारी चलेको छ । नपढेका भन्दा पढेलेखेकाहरू सजिलै बहुलाउने र पढेर नबहुलाउनका लागि योग ध्यान अनिवार्य भएको उल्लेख गर्दै गरेको भीम उपाध्यायको पोष्टमा मेयर साम्पाङले हो त्यो योग तिम्लाई नै आवश्यक छ बुढा भन्दै कमेन्ट गरेका छन् ।
मेयर साम्पाङले ढुङ्गा बोक्न धरान कैले आउने भन्दै प्रश्न पनि गरेका छन् जसको प्रतिउत्तरमा भीम उपाध्यायले योग ध्यानबाट तिम्रो मति सुधार्न जरूरी भन्दै त्यहॉ आएर तिम्रा पुट्ठामा घुच्चुक हान्दै योग ध्यान सिकाउनु छ भनेर रिप्लाई गरेका छन् । गोरू खान छाडेनौ भने चैँ सिकाउदिनँ भन्दै उपाध्यायले व्यग्या समेत गरेका छन् । एक त धरानका मेयर साम्पाङलाई सामाजिक सञ्जालमा समय बबार्द गर्न कुनै ठुलो विषय नै चाहिदैन्, त्यहि माथि दुधको साथी बिरालो भने झै सामाजिक सञ्जालमा नै पहिचान पाएका उपाध्याय दुईको भेट फेसबुकमा भएपछि अरु के चाहियो ? कस्तो भाषा प्रयोग गर्ने सम्मको सोच्न पनि चाहेको देखिदैन् । यस्तै मेयरले देशको मुहार र्फेर्न सक्लान त ? देशको मुहार त खै फेसबुकको मुहास चाहि फेरिरहन्छन् दिन दिनै । यहि हो मेयर साम्पाङको कला ।
असोज १० गते गृह मन्त्रालयले मातहतका कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा योग गर्न निर्देशन गरेको थियो । यसका लागि गृहले मातहतका कर्मचारीका लागि परिपत्र नै जारी गरेको थियो । बुधबार एक परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको थियो । यस्तो योगअभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले मन्त्रायल, विभाग र उपत्यकाभिका कार्यालयहरुका लागि एक दिवशीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य कर्मचारीहरुका लागि पनि यस्तो कार्यक्रम सञ्चालन हुन लागेको बताएका थिए ।
मन्त्रलयले सबै कर्मचारीलाई योगअभ्यास प्रशिक्षण दिएपछि सोही अनुरुपा योग र ध्यान गर्ने वातावरण बनाउन पनि परिपत्रमा भनिएको छ । यस्तै ४ असार गते योग दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक दिवसीय ‘योग विज्ञान शिविर २०८० तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले योगलाई जीवनको अभिन्न अंगका रूपमा अनुशरण गर्न आह्वान गरेका थिए । व्यक्ति र समाजले योग अभ्यास र ध्यानको महत्वलाई आत्मसात गर्दा शरीरिक एवम् मानसिक स्वच्छता, जागरण, संतुलन र रूपान्तरण प्रकृयामा समेत योगदान पुग्ने मन्त्री श्रेष्ठको भनाइ थियो ।आफुले योग र ध्यानलाई सरकारको नीति तथा कार्यक्रममा नै समेटेर संस्थागत गर्न पहल गरेको चर्चा गर्दै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य प्रशासनिक क्षेत्र एवम् कारागारमा समेत योग शिविरहरू सन्चालन गर्नुपर्ने बताएका थिए नभन्दै उनले असोज १० गते काम थाल्नुअघि १५ मिनेट अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाइ निर्देशन दिएका थिए ।
त्यहि कार्यक्रममा सहभागी राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताएका थिए । चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको जनाउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने उल्लेख गरेका थिए । आशक्तिमा बस्दा जीवनलाई कमजोर र दुखी बनाएको जनाउँदै उनले योगकै बाटो अनुशरण गरेर सुख खोज्नुपर्नेमा जोड दिएका थिए । त्यहि बाट सुरु भएको थियो योग कार्यक्रम जुन अहिले चौतर्फी विवादित बन्दैछ ।
प्रतिक्रिया