US Khabar

एमाले बागमतीमा नयाँ नेतृत्व चयन हुँदै

- USKHABAR | २ महिना पहिले प्रकाशित

एमाले बागमतीमा नयाँ नेतृत्व चयन हुँदै

नेकपा एमालेको बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयन हुँदै छ। काठमाडौंमा जारी नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन लागेको हो । एमाले बागमती प्रदेश कमिटीको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथला गरि ५ जनाको उम्मेदवारी परेको छ । यस्तै सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनले उम्मेदवारी दिएका हुन् ।

उक्त अधिवेशनमा उम्मेद्वारी दिएकाहरुले आफ्नो उम्मेद्वारी राजनीतिक सुधारका लागि भएको जिकिर गरेका छन् । ललितपुरका निवर्तमान प्रतिनिधि सभा सदस्य र बागमती प्रदेश संगठन कमिटिको सचिव पदको उम्मेदवार नवराज शिलवालले सबैजना मिलेर राजनीतिलाई सबलिकरण गरेर अपराधिकरण हटाउन योगदान गर्ने उद्देश्यले उम्मेद्वारी दिएको बताएका छन् ।



 

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">