US Khabar

प्रधानमन्त्री दाहालले गरे कैलास पर्वतको भ्रमण

- USKHABAR | २ महिना पहिले प्रकाशित

प्रधानमन्त्री दाहालले गरे कैलास पर्वतको भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलास पर्वत र मानसरोवर पुगेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनी आज ल्हासास्थित गंगा विमानस्थलबाट तिब्बत एयरलाइन्सबाट कैलास पर्वतका लागि उडेका थिए । प्रधानमन्त्री दाहाल बुधबार चीनको बेजिङबाट तिब्बत आएका थिए । उनीसँगै रहेका भ्रमण दलका सदस्य पनि कैलास पर्वत पुगेका छन् । ल्हासामा रहँदा उनले द्विपक्षीय भेटघाट गर्नुका साथै त्यहाँको पोतला दरबार र ऐतिहासिक मन्दिरको अवलोकन गरेका थिए ।

प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">