US Khabar

एमाले बागमती अधिवेशनः नेतृत्व चयनका लागि आज मतदान हुँदै

- USKHABAR | २ महिना पहिले प्रकाशित

एमाले बागमती अधिवेशनः नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । विहीबार मतदान एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ । एमाले बागमतीले भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्दै छ । ४० वटा भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी छ । एमाले बागमतीमा १ हजार १७४ जना मतदाता रहेका छन् ।

प्रदेश अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवमा २६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन् । यस्तै, उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">