US Khabar

ई: र काठमाडौं महानगरबीच सहमति, फुटपाथ राख्नका लागि उचित स्थान खोज्ने

- USKHABAR | २ महिना पहिले प्रकाशित

ई: र काठमाडौं महानगरबीच सहमति, फुटपाथ राख्नका लागि उचित स्थान खोज्ने

काठमाडौं महानगरपालिका र आन्दोलनरत अभियन्ता ईः बीच चार बुँदे सहमति भएको छ। महानगर र ईः का प्रतिनिधिबीच बुधबार साँझ सहमति पत्रमा हस्ताक्षर भएको हो । वार्तामा चार बुँदे सहमती भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।

सहमति अनुसार काठमाडौं महानगरपालिकाले यसअघि फुटपाथबाट जफत गरेका सामान सम्बन्धित व्यक्तिको पहिचान गरी फिर्ता दिने भएको छ।

यस्तै फुटपाथ राख्नका लागि विज्ञ टोलिसहितको समिति गठन गरी उचित स्थान खोज्ने। तोकेको स्थानका समुदायसँग छलफल गरी हाललाई पसल राख्न दिने र ई को आन्दोलन आजै स्थगित गर्ने सहमती भएको मानन्धरले बताए।
हेुर्नुहोस् सहमति पत्र: 

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">