गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको नयाँ गीत ‘भुर-भुर पुतली’ गीत सार्वजनिक भएको छ । राजेन्द्र भट्ट अर्थात मिस्टर आर जे र नवराज कलाउनीको शब्द तथा मिस्टर आरजे स्वयंको संगीत रहेको यस गीत भिडियो सहित यूएस खबर नेटवर्कको यूटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।
नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यस गीतमा माया, प्रेमको भाव अभिब्यक्त छ । सुदुर र मध्यपश्चिममा बोलीने मौलिक भाषाको शब्द समेत प्रयोग यस गीत सार्वजनिक भएको केही बेरमा नै हजारौं दर्शकले युटुवमा हेरिरहेका छन् भने सयौंको संख्यामा सकारात्मक प्रतिकृया आईरहेको छ ।
आकर्षक स्थानमा छायांकन गरिएको यस गीतको भिडियोमा नायक पुष्प खड्का र चर्चित टिकटक गर्ल गरिमा शर्माको अभिनय रहेको छ ।
बिधान कार्कीको निर्देशनमा निर्माण भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन बिकास दाहालकको रहेको छ ।
अमेरिका निवासी संचारकर्मी किशन रेग्मी निर्माता रहेको यस गीतको कार्यकारी निर्माताका रुपमा उद्धव राज सिलवाल र रायन रायज रहेका छन् ।
नेपालमा पछिल्लो समय अत्याधिक चर्चामा रहेका गीतकार, संगीतकार देखी भिडियो निर्देशक र कलाकारहरुको सहकार्य रहेको ‘भुर भुर पुतली’को उडान चर्चाको आकास तिर अघि बढिरहेको संकेत स्रोता दर्शकको प्रतिकृयाबाट देखिएको छ । ट्रेन्डिङ गायक समिर आचार्यको बहु प्रतिक्षित यस गीतमा अमेरिका निवासी ब्यक्तीहरु पनि जोडिएका छन् । जसमा रियल्टर सन्देश उप्रेती, MoMo Spot का प्रकाश अधिकारी र नेपाली मन यूटुव च्यानलका सेर केसी भुर भुर पुतलीको उडान अभियानमा जोडिएका छन् ।
प्रतिक्रिया