US Khabar

एमालेको बागमती प्रदेश अधिवेशन चुनावी प्रकृया आजदेखि सुरु

- USKHABAR | २ महिना पहिले प्रकाशित

एमालेको बागमती प्रदेश अधिवेशन चुनावी प्रकृया आजदेखि सुरु

नेकपा एमालेको बागमती प्रदेश अधिवेशन को चुनावी प्रकृया आजदेखि सुरु हुँदै छ । अधिवेशन अन्तर्गत आजका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको तालिका अनुसार निर्वाचन समितिले आज देखि निर्वाचन कार्यक्रम सुरु गर्नेछ । तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने ९ देखि ११ बजेसम्म उम्मेदवारी मनोनयन गरिनेछ । अपराह्न ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुट्याएको निर्वाचन समितिले अपराह्न ५ बजे मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ । विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले भोलि बिहान ११ बजेबाट पार्टी कार्यालय च्यासलमा मतदान हुने छ । अधिवेशनमा ११ सय ७४ मतदाता रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">