US Khabar

शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन लागिएको चर्चा, यस्तो छ यसको भ्रम र यथार्थ

- USKHABAR | २ महिना पहिले प्रकाशित

शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन लागिएको चर्चा, यस्तो छ यसको भ्रम र यथार्थ

गत साता देखि नेपाली समाजमा शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन लागिएको चर्चा चलिरहेको छ । नेपाली बृहत् शब्दकोशबाट ‘ॐ’ हटाउने निर्णय विरुद्धको मुद्दामा सर्वोच्च अदालतले ‘एमिकस क्यूरी’ गठनको आदेश दिएको समाचार बाहिरिए सँगै यसको चर्चा सुरु भएको हो । अहिले सामाजिक सञ्जालमा ‘ॐ’ कै चर्चा छ। कतिपयले त सरकारको चर्को आलोचना नै गरेका छन्। के हो त यसको भ्रम र यथार्थ ।

परम्परागत नेपाली वर्णविन्यासको अस्तित्व मेटिने गरी तयार पारिएको नयाँ निर्णय खारेजको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा बिहीबार ‘एमिकस क्युरी’ मगाउने आदेश गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश डा। कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले नेपाली शब्दकोशबाट ॐ सहितका शब्द हटाउने गरी सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतबाट ‘एमिकस क्युरी’ मगाउने आदेश गरेको हो ।

नेपाली शब्दकोशबाट ॐसहितका शब्द हटाउने निर्णय भएपछि अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीले २४ भदौ ०७३ मा सर्वोच्चमा रिट दर्ता गराएका थिए । रिट अग्राधिकार जारी भए पनि सात वर्षपछि ‘एमिकस क्युरी’ मगाइएको हो । जसमा नेपाल बारबाट २ जना र सर्वोच्चबार बाट दुई जना गरी ४ जना भाषाका ज्ञाता रहेका कानुनविद्हरू रहनेछन् ।

रिटमा संविधानको धारा ७ को उपधारा ३ , धारा ३१ तथा धारा ३२ को उपधारा ३ बमोजिम उत्पेषण माग गर्दे रिट दायर गरिएको थियो । रिट जारी भएपछि तत्कालीन शब्दकोश कार्यान्वयन नगर्न अन्तरिक आदेशसमेत जारी भई रिट सुनुवाईकै क्रममा रहेको थियो ।

अधिवक्ता स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीले ०६९ साल साउन २२ गते तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले मन्त्रीस्तरीय बैठकबाट लागू गरेको परिमार्जित वर्णविन्यास खारेज गरिनुपर्ने माग रिटमा उल्लेख गरिएको छ । पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको सम्पादन तथा प्रकाशन शैली पुस्तिका बदर गर्न माग गरिएको छ । परिमार्जित पाठ्यक्रम लागू हुँदा अहिले विद्यालयहरूमा पठनपाठनमा समस्या भएको रिटमा उल्लेख गरिएको छ ।

नयाँ निर्णयअनुसार तयार पारिएको व्याकरण पुस्तिका, पाठ्यक्रम र उच्च माध्यमिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयले तयार पार्न लागेको नयाँ पाठ्यक्रम लागू हुन नहुनेमा पनि निवेदकद्वयले जोड दिएका थिए । प्रचलित भाषा र व्याकरण दुरुस्तै अवस्थामा फर्काई भाषासम्बन्धी आयोग गठन गरेर मात्र नयाँ वर्णविन्यास लागू गर्नुपर्ने रिटमा उल्लेख गरिएको छ ।

अहिले नेपाली बृहत् शब्दकोशबाट ‘ॐ’ हटाउन लागिएको विवाद अहिलेको नभएर सात वर्षअघिको विवाद हो। यसको शुरूआत भने २०६९ सालमा भएको थियो। त्यति वेला शिक्षा मन्त्रालयले नेपाली लिपिका संयुक्त अक्षरहरूलाई शब्दकोश र शैक्षिक पाठ्यक्रमबाट हटाउने निर्णय गरेको थियो। नेपाली भाषालाई सरल बनाउने र एकरूपता ल्याउने भन्दै नेपाल प्रज्ञा९प्रतिष्ठानको भाषा समिति र पाठ्यक्रम विकास केन्द्रले गरेको सिफारिशका आधारमा तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले यस्तो निर्णय गरेका थिए।

शिक्षा मन्त्रालयको निर्णय अनुसार नेपाल प्रज्ञा९प्रतिष्ठानले २०७३ सालमा नयाँ शब्दकोश प्रकाशित गरेको थियो। तर, त्यसको आलोचना भएपछि त्यसलाई सच्याइएको थियो । शब्दकोशबाट संयुक्त अक्षर हटाउने निर्णयको विरोध भएपछि प्रज्ञा९प्रतिष्ठानले २०७४ सालमा छानबिन समिति गठन गरेको थियो। त्यति वेला अन्य संयुक्त अक्षर हटाइएको भए पनि ‘ॐ’ शब्द भने हटाइएको थिएन ।

संयुक्त अक्षरहरू हटाउँदा ‘ॐ’, ‘श्री’ जस्ता शब्द पनि हट्ने जोखिम देखेपछि विज्ञहरूले त्यही वेला आलोचना गरेका थिए। त्यसपछि संयुक्त अक्षरहरू सहितको नेपाली बृहत् शब्दकोशको दशौं संस्करण प्रकाशन गरिएको थियो। जहाँ ‘संशोधन समितिको भनाइ’ शीर्षकमा स्पष्टीकरण दिइएको थियो।

त्यही वेला २०७३ भदौ २४ गते अधिवक्ता नेपालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा संयुक्त शब्द हटाउने निर्णय रोक्न आदेश माग गरेका थिए। त्यसमा कुनै शब्द तोकिएको थिएन।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">