US Khabar

रजत बर्षलाई नेपाली समाज टेक्सासले उत्सवको रुपमा मनाउने

- USKHABAR | २ महिना पहिले प्रकाशित

रजत बर्षलाई नेपाली समाज टेक्सासले उत्सवको रुपमा मनाउने

नेपाली समाज टेक्सासले सँस्थाको २५ औं स्थापना दिवस उत्सवका रुपमा मनाउने भएको छ । सँस्था स्थापना भएको रजत बर्षको अवसरमा नेपाली समुदायको व्यापक सहभागीतामा साँस्कृतिक परेड तथा बिशेष समारोहको आयोजना गर्न लागिएको हो ।

नेपाली समाज टेक्ससको रजत जयन्तिका अवसरमा हुन लागेको परेडमा नेपालीपन झल्किने संस्कृति, भेषभुषा सहित सहभागिता जनाएर भव्य सफल बनाउन समाजले आव्हान गरेको छ । आइतबार स्थानीय सञ्चारकर्मीहरु, संघसंस्थाहरुबीच आयोजित छलफल कार्यक्रममा समाजका अध्यक्ष राजेन्द्र वाग्लेले नेपाली समुदायको प्रतिष्ठा जोडिएको कार्यक्रम भएकोले नेपालको सबै भेग, समुदायको प्रतिनिधित्व हुनेगरि परेडका सहभागिताको लागि अनुरोध गरेका थिए ।

यही सेप्टेम्बर ३० तारिक बिहान साढे ९ बजे युलेस स्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारबाट सांस्कृतिक झाँकी सहितको परेड कार्यक्रम आयोजना हुनेछ । परेड समाप्ती पछि नेपाली समाज टेक्ससले सोही दिन विशेष कार्यक्रम आयोजना गर्दैछ ।

नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र ९पशुपति नाथ मन्दिर० को सभाकक्षमा आयोजना गरिएको पत्रकार सहितको सामुदायिक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले आगामी सेप्टेम्बर महिनाको ३० तारेख शनिबारका दिन युलेश स्थित रोयल पार्क वे मा “साँस्कृतिक परेड कार्यक्रम” आयोजना हुन लागेको जानकारी दिएका छन् ।

अध्यक्ष वाग्लेका अनुसार सेप्टेमबर महिनाको ३० तारेखमा आयोजना हुने साँस्कृतिक परेड कार्यक्रममाको अवसरमा टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका करिब ६ दर्जन नेपाली समुदायका सँस्थाहरु तथा नेपाली भाषामा सन्चालित मिडियाहरुलाई पनि कदर पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

२५ औं स्थापना दिवसको अवसरमा नेपाली समाज टेक्सासले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरि सकेको छ भने सेप्टेम्बर ३० मा बृहत गजल महफिल कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली साँस्कृतिक परेड कार्यक्रमको लागि नेपाली समाज टेक्सासले युलेश सिटीबाट अनुमति समेत प्राप्त गरिसकेको नेपाली समाज टेक्सासले जनाएको छ । परेड कार्यक्रमको लागि आबश्यक तयारी अन्तिम चरणमा पुगेको र कार्यक्रमलाई व्यवस्थित गर्न बिभिन्न समिति तथा उप समिति निर्माण गरिएको सामुदायिक अन्तरक्रिया कार्यक्रममा जानकारी दिईएको थियो ।

नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षता तथा महासचिब सन्देश उप्रेतीको सन्चालनमा सम्पन्न उक्त सामुदायिक अन्तरक्रिया कार्यक्रममा सहभागि नेपाली समुदायका अगुवा तथा सन्चारकर्मीहरुले नेपाली साँस्कृतिक परेड कार्यक्रमलाई सफल बनाउन बिभिन्न सुझाव तथा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल अमेरिका पत्रकार सँघ ९नेजा० का अध्यक्ष सुरज भण्डारीले नेपाली समाज टेक्सासको रजत बर्ष कार्यक्रम नेपाली समुदायको प्रतिष्ठाको विषय भएकाले नेपाली समुदायको व्यापक सहभागितामा सफल बनाउनु पर्ने धारणा राखेका थिए ।

यसै गरि नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र ९पशुपति नाथ मन्दिर० का वोर्ड अफ ट्रस्टीका चेयर रमेश पोखरेल तथा पूजा समितिका अध्यक्ष सीता सापकोटा दुबैले नेपाली समाज टेक्सास नेपाली समुदायको पहिचान भएकाले यसलाई एैतिहासिक बनाउनु पर्ने धारणा राखेको थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">