US Khabar

कीर्तिमान एथलेटिक्स खेलाडी चन्द्रकलामाथी दलिद भन्दै निर्घात कुपपिट घटनाको राखेपद्वारा निन्दा

- Admin | ३ वर्ष पहिले प्रकाशित

कीर्तिमान एथलेटिक्स खेलाडी चन्द्रकलामाथी दलिद भन्दै निर्घात कुपपिट घटनाको राखेपद्वारा निन्दा

राष्ट्रिय खेलकुद परिषद्ले एथलेटिक्सकी कीर्तिमान खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिषद्ले विज्ञेप्ती जारी गर्दै जातीय विभेद स्वरुप मेचीनगर–१३ चारआलीका दुर्गाबहादुर श्रेष्ठ र उनकी पत्नी विष्णु श्रेष्ठले गरेको कुटपिटको निन्दा गर्दै आफ्नो  गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि सोमबार राति निर्घात कुटपिट झापामा थियो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदकधारी उनिमाथी भएको कुटपिट भएको बिषयप्रति परिषद्ले चन्द्रकलामाथि भएको जघन्य एवं मानवता विरोधी कार्य हुनु प्रचलित संविधान कानुन एवं राज्यलाई नै चुनौती दिन खोजेको उल्लेख गरिएको छ ।

सात महिनाकी गर्भवती रहेकी चन्द्रकला र उनका श्रीमान सुमन खातीमाथी भएको कुटपिटबाट उनिहरु घाईते भएका छन् । कुटपिट गर्ने श्रेष्ठ पूर्व सैनिक हुन् । उनका दम्पतीले स्थानिय राजन दर्जीलाई कुटपिट गर्दै लखेटेपछि दर्जी चन्द्रकलाको घरमा आफुलाई बचादिन भन्दै पुगे । साँझ ८ बजेको समयमा भएको घटना देखेर चन्द्रकलाका दम्पत्तीले श्रेष्ठलाई सम्झाउन खोज्दा उल्टै दलिद भन्दै गाली गलौज र निर्घात कुटपिट गरिएको थियो ।

राज्यलाई नै चुनौती दिने गरी भएको यो घटनाको दोषीलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाहीका लागि राज्यका सम्बद्ध निकायको ध्यानाकर्षण हुन परिषद्ले माग गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">