US Khabar

आफ्ना कमजोरी ढाकछेप गर्ने बालेनको रबैया, वार्ताको कोसिस गर्दा नगर प्रहरीले हप्काएर पठाएको अभियन्ता ई को आरोप

- USKHABAR | २ महिना पहिले प्रकाशित

आफ्ना कमजोरी ढाकछेप गर्ने बालेनको रबैया, वार्ताको कोसिस गर्दा नगर प्रहरीले हप्काएर पठाएको अभियन्ता ई को आरोप

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले चुनाव अगाडि गरेका वाचाका लागि ‘नागरिक जवाफदेहिता’ माग गर्दै आन्दोलनमा रहेका ‘इनफ इज इनफ’का अभियन्ता ई ले मेयर शाहले आफूलाई वार्तामा नबोलाएको बताएका छन्। मेयर शाहले सामाजिक सञ्जालमा लेखेको एउटा सन्देशप्रति जवाफ दिँदै ईस्ले वार्ताका लागि बालेन बोलाउन आएको नभइ, नगर प्रहरी आएर हप्काउँदै आफूलाई पार्किङ लटमा बोलाएको बताएका हुन्।

नगर प्रहरीले बोलाउँदा पनि आफूहरुले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधिलाई बोलाउन ३० मिनेट समय मागेको उनको भनाइ छ। तर, नगर प्रहरीले भने ‘त्यसोभए मेयरले भेट्दैन’ भनेर जवाफ दिएको ईस्ले उल्लेख गरेका छन्। मेयर नआएको कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय मागेको तर नगर प्रहरीले रिसाएर मेयरले भेट्दैन भनेको ईस्ले सामाजिक सञ्जालमा नै लेखेका छन् ।

मेयर शाहले भने आन्दोनकारीलाई भेट्न आफू आन्दोलनरत स्थानमै गएको बताएका छन्। आफू स्वयम् नै अभियन्ताहरुको धर्नास्थलमा गएर वार्ताका लागि अनुरोध गरेको, तर उनीहरु वार्तामा नआएको बालेनको भनाइ छ। आन्दोलनमा उभिरहेको ठाउँमा आफैं गएर वार्ता गर्न खोजेको तर अभियन्ताहरु संवादमा बोलाउँदा नआएको मेयर बालेनले सामाजिक सञ्जालमा नै लेखेका छन् । ‘लोकतान्त्रिक अभ्यासमा सबै समस्याको समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा आफले बुझेको समेत उनले उल्लेख गरेका छन् । कुनै राजनितिक स्वार्थ जोडिएर आएकाले के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नुपर्ने हो भन्दै बालेनले प्रश्न समेत गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी बाचापत्र सम्झाउन ुसौम्य विद्रोहु थालेको बताउने ईस्ले गत असोज १ गतेदेखि प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृह अगाडी उभिएर बालेनविरुद्ध आन्दोलन सुरु गरेका थिए । बाह्र वर्षदेखि कुनै न कुनै रूपले विद्रोहमा सामेल ई विद्रोहको नयाँ विम्ब बनिसकेका छन्। सीमान्तकृतहरूको आवाज नयाँ ढंगले उद्घाटित गर्ने र रचनात्मक विद्रोहको बाटो अँगाल्ने उनको बेग्लै परिचय स्थापित छ। आफ्नो पूरा नाम समेत खुलाउन नचाहने इशान अधिकारी आफूलाई ईः भनेर चिनाउँछन् । अधिकारी बबरमहलका बासिन्दा हुन् । संविधान मेरो होइन भनेर सिंहदरवारमा केही वर्षअघि रातो पोतेर चर्चामा आएका उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सन्चालित इनफ इज इनफ अभियानको नेतृत्वमा थिए ।

विशेषगरी संविधान सभाबाट संविधान जारी भएपछि क्याडेडियन नागरिक मन्जुश्री थापा,भारतीय मिडियामा काम गर्ने पत्रकार प्रशान्त झालगायत केही व्यक्तिसँग मिलेर ‘यो मेरो संविधान होइन’ भन्ने अभियानका क्रममा उनले सिंहदरवारको पर्खालमा रातो पोतेका थिए ।

कोभिड महामारीको बेला सरकारविरुद्ध २३ दिन ‘अनसन’ बसेका उनी ओली सरकार ढलेपछि कतै देखिएका थिएनन् । पछिल्लो सातादेखि उनी महानगरपालिकाका मेयर बालेन शाहसँग जवाफदेहीता खोज्दै सभागृह अगाडि उभिन थालेका हुन् । पछिल्लो समय करीव आधा दर्जन सहयोगीसहित उनी मेयर बालेन शाहको जवाफ खोजेर उभिएका छन् । बालेनले भने उनलाई ‘बाल’ दिएका छैनन् । बालेनले बेवास्ता गरेपछि मिडिया र आफूसमर्थक नेता गुहार्न बाध्य भएका ईःले धर्नामा उभिदा आफ्नो खुट्टा सुन्निएको भन्दै तस्विर समेत सामाजिक संजालमा भाइरल गराएका छन् ।

फुटपाथ व्यापारी तथा महानगरको ज्यादतीबाट उठिबास लागेका दीनहीनको मात्र होइन, बुद्धिजीवी, पेसाकर्मीहरूको पनि समर्थन थपिँदै गएको छ । महानगर प्रहरीहरूबाट प्रताडित सडक व्यापारीका पक्षमा आवाज उठाउँदै आएका ई् ले सत्ताको कुर्सीमा बसेकाहरूले आयआर्जनको अवसर निकाल्न नसक्दा सडकमा आश्रितहरू बढेको बताएका छन ् ।

काठमाडौं महानगरपालिकाले भने सडक व्यापारीलाई सधैं आफ्नो वैरी ठानेको र तिनले ऋण काढेर किनेका ठेलागाढा, खर्पन, साइकल जफ्त गरिदिएकाले विपन्न परिवारको उठिबास लागेको उनको बुझाइ छ । कतिपय सडकमा हात थाप्ने अवस्थामा पुगेका छन्। कति महँगो ऋण काढेर विदेश जान अभिशप्त छन्। काठमाडौं महानगरको नेतृत्वले मानवीय भावना र मूल्य–मान्यता भुलेर विपन्न वर्गको वस्तुकरण गरेको समेत ईःको बुझाइ छ।््

बरु यमराजलाई चाहेको खण्डमा भेट्न सजिलो होला तर काठमाडौँका मेयरलाई भने भेट्न त्यति सजिलो छैन् । २०७९को स्थानीय निवार्चनमा निर्वाचित भए पछि सार्बजनिक कार्यक्रम बाहेक अरु ठाउँमा देखिन नै चाहदैनन् बालेन् । मेयर बने देखि उनले आफ्नो सामाजिक सञ्जाललाई नै प्रतिक्रिया दिने माध्यम बनाएका छन् ।

उनको सामाजिक सञ्जालको स्टाटस नै महानगरको प्रेस विज्ञप्ती बनेको छ । महानगरको धारणा नै सामाजिक सञ्जालको स्टाटसमा जानकारी दिने मेयर कुनै राजा भन्दा कम छैनन् । आफ्नो सानो विषयलाई लिएर सिंहदरवार जलाइ दिन्छु भन्ने चोर सरकार सम्मका प्रतिक्रिया दिने मेयर आफ्ना विरुद्धका आन्दोलनलाई व्यवास्था गरिरहेका छन् । उल्टै स्टाटस मार्फत प्रपोकाण्ड रचिरहेका छन् । मेयर बालेनलाई सबै भन्दा मन नपर्ने चिज भनेको नै आलोचना हो । उनी आफुलाई गरेको आलोचना सुन्न त सक्दैनन् नै आलोचना गर्ने लाई गाली गर्न सम्म पछाडि हट्दैनन् । जनताको आवाज
सरकारले नसुनेको भन्दै स्थानिय सरकारमा पुगेका बालेन नै जनताको आवाज सुन्न चाहादैनन् यहि हो नयाँ युवा नेताको काम गर्ने तरिका बालेनको यस्तै रबैयाले कति दिन सम्म टिक्ला उनको सामाजिक सञ्जालको शक्ति रु

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">