US Khabar

सडकमै सुतेर प्रदर्शनमा राहत शिक्षक

- USKHABAR | २ महिना पहिले प्रकाशित

सडकमै सुतेर प्रदर्शनमा राहत शिक्षक

असन्तुष्ट राहत शिक्षकहरूले सडकमै सुतेर आज पनि आन्दोलन जारी राखेका छन् । सोमबार राहतका शिक्षकहरूले शिक्षक महासंघ र सरकारबीच भएको सात बुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलनलाई थप सशक्त बनाएका छन् । सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरूले आज काठमाडौंको बबरमहलमा सुतेर प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा सहभागी शिक्षक मानबहादुर बुढाले आफूहरूको माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन गर्ने बताए । उनले भने, ‘सरकारले हाम्रो माग पूरा नगरेसम्म चरणबद्ध रुपमा आन्दोलन गर्ने छौँ । हामी दबाब दिने छौँ । आज सडकमा सुतेर आन्दोलन गरिरहेका छौँ । फेरि रातभरि सडकमै सुतेर आन्दोलन गर्ने छौँ । आन्दोलन जारी नै रहने छ ।’

सरकारले यसरी विधेयक संसदमा पास गराएर नीति बनाउँछ भने पाँच वर्षपछि नेपालमा शिक्षक एउटा पनि नपाउँने भन्दै उनले भने, ‘सरकारले यो विधेयक संसदमा पास गराएर नीति बनाउँछ भने पाँच वर्षपछि नेपालमा शिक्षक एउटा पनि पाउँदैन । कोही विद्यार्थी शिक्षण पेसामा जान मान्दैन ।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">