१३ वर्षीया बालिका छिमेकीकोमा जात्रा हेर्न जान्छन् । जात्रा हेरेर सकिएपछि राति ११ बजे चिनजानकै दाईसँग घर फर्किन्छन् । तर तिनै चिनजानको दाजुले साथिको गाईको गोठमा लगेर ति १३ वर्षीया बालिकालाई आफ्ना साथिहरुलाई बोलाएर पटक पटक सामुहिक बलात्कार गर्छन् । सुन्दा कुनै कारुणीक चलचित्रको पटकथा जस्तो देखिने यो घटना पश्चिम सुर्खेतको हो । जहाँ ४ ४ जना नरपिपासुहरु मिलेर १३ वर्षीया बालिकामाथि पटक पटक विभिन्न बाहनामा सामुहिक बलात्कार गरेको पाईएको छ ।
चिनजानकै दाजुबाट कसरी १३ वर्षीया बालिका बलात्कृत भर्ईन्, सुनौ घटनाको नालिबेली ।
गत असोज ४ गते पश्चिम सुख्रेत घर भएकी १३ वर्षीया ‘विरेन्द्रनगर २९’ छिमेकीको घरमा जात्रा हेर्न गईन् । नाचगान हेर्दा हेर्दै उनलाई राति ९ बजे पिसाब लागेपछि उनि नजिकैको सडकमा आइन् । तर सडकमा उनलाई जात्रा हेर्न आएमध्येकै १८ वर्षीय महेन्द्र सार्कीले उनको मुख छोप्दै जबरजस्ती करणी गर्न खोज्यो । उनले प्रतिकार गर्नका लागि चिच्याईन् । महेन्द्रले उनलाई विभिन्न प्रलोभन देखाँउदै फकाउन खोज्यो तर उनि त्याहाँबाट उम्किएर पुनः जात्रास्थलमा पुगिन् ।
रात छिप्पिदै गयो, ११ बजेपछि नाचगान सक्कियो र सबै आ(आफ्नो घरतर्फ लम्किए, १३ वर्षीया ‘वीरेन्द्रनगर–२८’ पनि घर जाने तयारी गर्दै थिए, नजिकै १६ वर्षीय युवा टुप्लुक्क आईपुगे, चिनजानकै भएका कारण उनले ती युवकलाई उनले दाई भनेर सम्बोधन गर्थिन् । ती १६ वर्षीय युवकले उनलाई ‘बहिनी हिड् तिमीलाई घर पु¥याईदिन्छु’ भन्दै बोलाए । रात छिप्पिसकेको र घर जाने साथि पनि कोही नभएपछि चिनजानकै दाईले बोलाएपछि उनि विश्वासका साथ ती दाईसँग घर जान बाटो लागिन् । ती १६ वर्षीय युवकसँग अर्का १५ वर्षीय युवकपनि उनिहरुसँगै गए ।
केही समय हिडेपछि ती चिनजानका दाइले बालिकालाई त्यहाँ नजिकै साथिको घर भएको र आज त्यतै सुत्न आग्रह गरे । तर बालिकाले मानिनन्, उनि एक्लै भएपनि आफ्नै घर जाने ढिपी गरिन् । बालिकाले नमानेपनि ती दुइ युवाहरुले मुख छोपेर हातखुट्टा समात्खै साथिको घरमा पुर्याए र बालिकालाई सामुहिक बलात्कार गरे । बलात्कारपछि उनलाई त्याहा छोडेर उनिहरु पसल जान भन्दै निस्किए । बलात्कारपछि ति बालिका अचेत भइन् । होसखुलेपछि उनले आफुलाई छिमेकीको गाईको गोठमा पाइन् । शरीरमा सामथ्र्य नभएपछि उनि घर जान सकिनन् र सोही गोठ माथिको छाउगोठमा गएर सुतिन् ।
निदाएको एक घण्टा पुग्दा नपुग्दै उनलाई उठाउन चिनेजानेकै अर्का १५ वर्षीय किशोर आए । ती किशोरले ‘तिम्रो घरकाले खोजिरहेका छन् । छिटो आउ अरे । नभए यतै आएर पिट्ने भनेका छन’ भन्दै बोलाए । घरका मान्छेले कराउने डरले उनि हत्तारिदै सो गोठबाट ओर्लिइन् तर बाहिर निस्किए लगत्तै उनले अर्का १६ वर्षीय किशोरलाई देखे । ती १६ वर्षीय किशोरले पनि उनलाई गोठभित्र लगेर पुनः बलात्कार गरे । उनि राति २ बजे ती १६ वर्षीय किशोरद्वारा पुनः बलात्कृत भइन् । उनि एक रातमा पटक पटक फरक फरक व्यक्तिबाट बलात्कृत भइन् ।
उनि चिनजानकै दाई र उनका साथिहरु बलात्कृत भएपछि उनि भोलिपल्ट घर पुगिन् र घरमा परिवारलाई सबैकुरा बताइन् । परिवारले शारीरिक र मानसिक रुपमा बिछिप्त भएकी उनलाई उपचारका लागि अस्पताल पुर्र्याए । परिवारले दिउँसो २ बजे प्रहरीलाई खबर गरे र खबरपछि ती युवकहरुलाई पक्राउ गरियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्ने सोही क्षेत्रका युवा रहेको र उनीहरु मध्य तीन जना नाबालक रहेको प्रहरीले जनाएको छ । एक जना महेन्द्र सार्की मात्रै १८ वर्ष पुगेका छन्, उनीमाथि बलात्कार प्रयासको आरोप छ । ३ जना नाबालकमाथि भने बलात्कारको आरोप छ । पक्राउ परेका ती युवाहरुले एक अर्कालाई नचिन्ने प्रहरी समक्ष बयान दिएका छन् । पक्राउ परेका ती युवकहरुमाथि थप अनुसन्धान जारी छ ।
प्रतिक्रिया