US Khabar

सभामुखलाई शिक्षक महासंघको ध्यानाकर्षणपत्र

- USKHABAR | २ महिना पहिले प्रकाशित

सभामुखलाई शिक्षक महासंघको ध्यानाकर्षणपत्र

सभामुख देवराज घिमिरेलाई नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षकका विषयमा ध्यानाकर्षणपत्र बुझाएका छन् । आज सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा रहेको सभामुखको कार्यकक्षमा पुगेर उपाध्यक्ष पराजुलीलगायत आठ जनाको प्रतिनिधिमण्डलले ध्यानाकर्षणपत्र बुझाएको हो ।

त्यस अवसरमा सहअध्यक्ष पराजुलीले यही असोज ५ गते भएको सहमतिबारे सभामुखलाई जानकारी गराएको बताइन् । विधेयक छलफलमा जानुपर्छ, ऐन जारी हुनुपर्छ भन्ने कुरामा सभामुखले आफ्नो तर्फबाट पूर्ण रूपमा पहल हुने विश्वास दिलाएको उनले बताइन् ।

सह अध्यक्ष पराजुलीले भनिन्, ‘विधेक आउनुपर्छ तर हाम्रो मागहरू सम्बोधन हुनुपर्छ भन्ने हाम्रो अनुरोध हो । त्यही सहमतिका बुदाँहरू हामीले यहाँ प्रस्तुत गरेका छौं । यो विधेयक छलफलमा जानुपर्छ फिर्ता हुनुहुँदैन । ऐन जारी हुनुपर्छ भन्ने कुरामा सभामुखको तर्फबाट पूर्णरूपमा पहल हुने बताउनुभएको छ ।’

यस्तै उनले यही अशोस ५ गते भएको वार्तामा उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट सहमति भएका कुराहरू सतप्रतिशत लागू गर्ने विषयमा सरकारको तर्फबाट विश्वास दिलाएको बताइन् । सहअध्यक्ष पराजुलीले जसले नियुक्ति गर्छ, त्यसले कारबाही गर्ने अधिकार पनि स्थानीय तहहरूलाई एकल अधिकार दिने कुरा शिक्षकलाई मान्य नभएको भन्दै यसको लागि महासंघ निरन्तर रुपमा लागि रहने बताइन् ।

उनले भनिन्, ‘संविधान संशोधन गर्ने कुरा छन् जुन स्थानीय तहहरूलाई एकल अधिकार दिएका छन् । शिक्षकहरूलाई त्यो पनि मान्य छैन । स्थानीय सरकारबाट शिक्षकहरूले धेरै प्रताणित हुनुपर्ने, ज्याजति व्यहोर्नुपर्ने भएको छ । नेपाल शिक्षक महासंघ निरन्तर त्यो संविधान संशोधन भएर पनि स्थानीय तहमा त्यो अधिकार हुनुहुदैन् भन्ने पक्षमा हामी अझै छौं ।’

उनले संसद्मा गएको विधेयकसम्बन्धी विषयगत समितिका संसदहरूबाट त्यसलाई प्रष्टिकरण गर्ने र संशोधन गर्ने कुरामा पनि लागि रहने पनि बताइन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">