US Khabar

महिलामाथि सामुहिक बलात्कार, गर्भ रहेको थाहा पाएपछि यसरी बाहिरियो घटना !

- USKHABAR | २ महिना पहिले प्रकाशित

महिलामाथि सामुहिक बलात्कार, गर्भ रहेको थाहा पाएपछि यसरी बाहिरियो घटना !

गत ३० भदौमा डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–३ मा स्वास्थ्य शिविर भयो । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत भएको शिविरमा भिडियो एक्स–रे सेवा पनि सञ्चालन गरिएको थियो । सोही शिविरको फाइदा लिन पुगेकी थिइन् स्थानीय २० वर्षीया युवती। केही महिनादेखि पेट दुख्ने समस्या देखिएपछि उनिपनि सो सिविरबाट समस्याको समाधान हुने आकाक्षांले सिबिर पुग्छिन् ।

सिविरमा भएको भिडियो एक्सरेमा पाँच महिनाको गर्भ रहेको देखायो । श्रीमान विगत डेढ वर्षदेखि विदेशमा रहेका ति युवतीको कोखमा पाँच महिनाको गर्वदेखिएपछि परिवारका सदस्यसँगै स्थानीयहरु समेत जिल्ल परे । श्रीमान् डेढ वर्षदेखि भारत रहेको समयमा पाँच महिनाको गर्भ देखिएपछि ती युवतीका परिवारका सदस्यले सोही दिन प्रहरी चौकी लामिकाण्डेमा मौखिक जानकारी गराए ।

उनले प्रहरी चौकीमा गएर आफुमाथि सामुहिक बलात्कारको घटना भएको मौखिक जानकारी दिइन् । २ असोजमा पीडित युवतीका ससुराले चार जनाको नाममा किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराले गत असोज ४ गते ४ जना युवकहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीका अनुसार चारै जना सामूहिक बलात्कारमा संलग्न रहेको भन्दै पीडित युवतीले पुष्टि गरेकी छन् ।

पीडित महिलाले घटनामा संलग्नमध्ये एक जनाको हात र घाँटीमा टाटु रहेको जानकारी प्रहरीलाई दिएकी थिइन् । पीडित महिला एक छोरीकी आमा हुन् । स्थानीय नानीगाड खोलामा वैशाख ५ गते र वैशाख १२ गते घरको गोठमा बेलुकीको समयमा गरी दुईपटक ती महिलालाई सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले पत्रकार सम्मेलनमा बताए ।

पक्राउ परेका चारै जनाविरुद्ध अनुसन्धानका लागि बिहीबार डडेल्धुरा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">