US Khabar

सरकारले दिने भनेको पुरस्कार अझै नपाएको कप्तान पौडेलको गुनासो , खेलाडी विदेशिन बाध्य कहिले सम्म सरकार ?

- USKHABAR | २ महिना पहिले प्रकाशित

सरकारले दिने भनेको पुरस्कार अझै नपाएको कप्तान पौडेलको गुनासो , खेलाडी विदेशिन बाध्य कहिले सम्म सरकार ?

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन्।एसियाड गेम्समा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए हुन्।

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको उनले बताए। एसियन गेम्सलाई लिएर सबैजना उत्साहित रहेको उल्लेख गर्दै उनले आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए। कमजोर वा बलियो दुबै टिमलाई कमजोर नठानी खेल्ने कप्तान पौडेलको भनाइ छ। एसियन गेम्सले टी९ २० विश्वकप छनोटका लागि सहयोगी भूमिका खेल्ने उनले बताए।

सरकारले नेपाली क्रिकेट टीमलाई दिने भनेको पुरस्कार रकम अहिलेसम्म दिएको छैन । २८ भदौमा एसियाली खेलकुदमा सहभागी हुन जाने खेलाडीलाई बिदाइ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २९ भदौमा बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरूको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका थिए । तर करिब १० दिन बित्दा पनि खेलाडीको खातामा दिने भनिएको रकम आएको छैन ।

पछिल्लो ७ महिनामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको सफलतापछि सरकारले क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको रकम थपिंदै प्रतिव्यक्ति १७ लाख पुगिसक्दा पनि खेलाडीले पाउन सकेका छैनन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई लिग २ सिजनका बेला ३ लाख, नेपाल युएई र पिएनजीसँग युएईमा खेल्दा ३ लाख, नेपाल युएई र पिएनजीसँगको सिरिज जित्दा ३ लाख प्रधानमन्त्रीले घोषणा गरेको २ लाख र एमसीमी प्रिमियर कप जित्दा ६ लाख दिने सकरकाले घोषणा गरेको थियो । तर यो रकम खेलाडीहरूले पाउन सकेको छैनन् ।

१३ टिमले भाग लिने एसियन गेम्स पुरुष क्रिकेट टी९२० फर्म्याटमा हुने छ । गत वर्षको अगष्टमा केन्यामा पाँच खेलको टी९२० अन्तर्राष्ट्रिय सिरिज खेलेपछि नेपालले टी९२० फर्म्याटमा खेल्न लागेको यो पहिलो प्रतियोगिता हो । टी९२० विश्वकप छनोटअघि एसियन गेम्समा टी९२० खेल्न पाएकाले निक्कै महत्त्वपूर्ण हुने कप्तान पौडेलले बताए। ‘वान डे गेम गत वर्षदेखि खेल्दै आएका र ‘अब टी९२० मा जानुपर्ने भएकाले आफू त्यसको लागी तयार भएको पनि उनले कप्तान पौडेलले बताए । नेपालले आगामी नोभेम्बरमा घरेलु मैदानमै हुने टी९२० विश्वकपको छनोट खेल खेल्नुपर्नेछ ।

टी९२० विश्वकप एसिया छनोटमा नेपाल, यूएई, ओमान, हङकङ, सिंगापुर, बहराइन, मलेसिया र छनोट हुन बाँकी अर्को एक गरी ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोली आगामी वर्ष वेष्टइन्डिज र अमेरिकामा हुने टी९२० विश्वकपमा छनोट हुनेछन् ।

नेपाली क्रिकेट टोलीले राम्रो प्रदर्शन गर्दै आएको छ जसको कारण नेपाल विश्वकप विश्वकपको छनोटका लागी खेल्न पाउने भएको हो । हालै मात्र सम्पन्न भएको एशिया कपमा नेपालले विश्वमा नै बलियो टिमको छाप पारेका मुलुक भारत र पाकिस्तान सँग राम्रो प्रदर्शन गरेको थियो । भारत र पाकिस्तान सँग पहिलो चोटि प्रतिस्पर्धा गरेको नेपालले भारतसँगको खेलमा निकै राम्रो प्रदर्शन गरेको थियो । नेपाली क्रिकेट टोलीले जब जब राम्रो प्रदर्शन गर्‍यो त्यही बेला सरकारले घोषणा गरेका पुरस्कार रकम भने घोषणा मै सीमित छन् । खेलाडीले मेहेनत गरेर देशको नै नाम उच्च राख्ने गरी प्रदर्शन गरिरहेका छन् सरकारका घोषणाहरू भने घोषणा मै सीमित छन् ।

खेलाडीहरूको काम भनेको खेल्ने हो , सरकारले त्यही वातावरण तयार गर्नु पर्छ । सरकारले खेलाडीको हौसला बढाउने काम गर्न पर्छ । यसै पनि नेपाली खेलाडीहरूको आर्थिक अवस्था राम्रो छैन सरकारले नै राम्रो तलब खेलाडीलाई दिन नसकेको अवस्था छ । यस्तो कमजोर आर्थिक अवस्थामा पनि बेला बेला घोषणा गरिने पुरस्कारको रकम नै खेलाडीले नपाउँदा कसरी राम्रो हुन्छ खेलाडीको आर्थिक अवस्था, कसरी हुन्छ राम्रो नेपाली क्रिकेट । यसै पनि नेपाली खेलाडीहरू विदेशिदै गएका छन् । भएका खेलाडीहरुलाई पनि विदेशिन बाध्य कहिले सम्म सरकार ?

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">